ट्रम्पको मुर्ती बनाएर पूजा गर्ने भारतीयको ट्रम्पलाई कोरोना लागेपछि हृदयघातले मृत्यु – Janadesh Daily | ePaper

ट्रम्पको मुर्ती बनाएर पूजा गर्ने भारतीयको ट्रम्पलाई कोरोना लागेपछि हृदयघातले मृत्यु


एजेन्सी ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई भगवान मानेर दैनिक पूजा गर्ने एक जना भारतीय नागरिकको मृत्यु भएको छ।

ट्रम्पका भक्त दक्षिणी तेलंगनास्थित कोन्ने गाउँका बुस्सा कृष्णको हृदयघातको कारण मृत्यु भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

पूजाआजाका लागि उनले आफ्नो घरपछाडि ट्रम्पको मूर्ति नै स्थापना गरेका थिए । किसान पृष्ठभूमिका उनी ट्रम्पको मूर्तिलाई हरेक बिहान पूजाआजा गर्थे ।

कृष्णको मृत्यु ट्रम्पलाई कोरोना संक्रमण भएपछिको तनावका कारण भएको पारिवारिक स्रोतले जनाएको छ। अक्टोबर २ मा अमेरिकी राष्ट्रपति ट्रम्पलाई कोरोना संक्रमण पुष्टि भएपछि उनी तनावमा थिए।

ट्रम्पलाई संक्रमण पुष्टि भएकै दिन उनले आफ्नो आफ्नो फेसबुक वालमा भावुक भिडिओ पनि पोष्ट गरेका थिए। जसमा उनले आफ्ना भगवान ट्रम्पलाई कोरोना संक्रमण भएपछि अत्यन्तै दुःखी भएको बताएका थिए।

ट्रम्पको दीर्घायूको कामना गर्दै एक साता ब्रत बसेका उनको त्यसपछि उनी गहिरो डिप्रेसनमा गएका थिए। पछि उनको हृदयघातबाट मृत्यु भएको बताइएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्