मेची–महाकाली रेलमार्ग पीडितको आग्रह – Janadesh Daily | ePaper

मेची–महाकाली रेलमार्ग पीडितको आग्रह


विराटनगर, (रासस) :

मेची–महाकाली रेल मार्ग निर्माणका कारण मोरङको बेलबारी नगरपालिकाबाट विस्थापित हुने १५० घरपरिवारले उचित क्षतिपूर्तिको माग गर्दै मोरङका प्रमुख जिल्ला अधिकारीलाई बिहीबार ज्ञापनपत्र बुझाएका छन् ।

रेलमाग विस्थापित समन्वय तथा सङ्घर्ष समितिका सल्लाहकार संयोजक विश्व न्यौपानेले पाँचबुँदे माग सम्बन्धित निकायमा छलफल गरी पूरा गर्न आग्रह गर्दै प्रजिअ मदन भुजेललाई ज्ञापनपत्र बुझाउनुभयो ।

सङ्घर्ष समितिले बुझाएको ज्ञापनपत्रमा बेलबारी नगरपालिका वडा नं ९ र १० मा पर्ने १२५ घरपरिवारको चलनचल्तीको मूल्यमा घरजग्गा मूल्याङ्कन गरी उचित क्षतिपूर्ति उपलब्ध गराई रेल मार्ग निर्माण प्रक्रिया अगाडि बढाउनु पर्ने, नयाँ कित्ता नम्बर समावेश गरी नयाँ नक्सा उपलब्ध गराई फारम भर्न पुनः सूचना प्रकाशित गर्नुपर्ने उल्लेख गरिएको छ ।

यसैगरी अन्य मागमा स्थलगत अध्ययन गरी चलनचल्तीका मूल्य कायम गर्नुपर्ने, टुक्राटुक्री जग्गाको क्षतिपूर्ति पाउनुपर्ने, रेलमार्गबाट विस्थापित हुने परिवारलाई उचित बसोवासको व्यवस्था मिलाउनुपर्नेलगायत माग रहेका छन् ।

ज्ञापनपत्र बुझ्दै प्रजिअ भुजेलले सरकारले पूर्वाधार निर्माण जनताको सेवा सुविधाका लागि भएकाले सम्बन्धित निकायमा यस सम्बन्धमा कुरा गर्ने आश्वासन दिनुभयो ।

बेलबारी–९ का चक्र भण्डारीले जग्गाको मूल्याङ्कन नयाँ कित्ता नम्बरबाट हुनुपर्नेमा जोड दिनुभयो

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्