लिड्स युनाइटेडले इंग्लिस प्रिमियर लिग खेल्‍ने – Janadesh Daily | ePaper

लिड्स युनाइटेडले इंग्लिस प्रिमियर लिग खेल्‍ने


लिड्स । लिड्स युनाइटेडले अर्को सिजन इंग्लिस प्रिमियर लिगमा खेल्ने भएको छ । लिड्स १६ वर्षको अन्तरपछि इंग्लिस फुटबलको माथिल्लो डिभिजनमा उक्लेको हो ।

दोस्रो डिभिजनको च्याम्पियनसिपमा वेस्ट ब्रुम हडर्सफिल्डविरुद्धको खेलमा २–१ ले पराजित भएपछि लिड्स बढुवा हुने निश्चित भएको हो । लिड्स अब शनिबार अथवा आइतबारभित्र लिग च्याम्पियन हुन सक्नेछ ।

अर्जेन्टिनी प्रशिक्षक मार्सेलो बिसलीले टिम सम्हालेयता दोस्रो सिजनमा लिड्स माथि उक्लेको हो । गत सिजन लिड्स तेस्रो स्थानमा रहेर प्ले अफबाट बाहिरिएको थियो ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्