दाङमा एक अर्व ४ करोड बढी बेरुजु – Janadesh Daily | ePaper

दाङमा एक अर्व ४ करोड बढी बेरुजु


चन्द्रप्रकाश नेपाली

घोराही । दाङका दश स्थानीय तहमा एक अर्वबढी बेरुजु देखिएको छ । महालेखा परिक्षकको प्रतिवेदन अनुसार दश स्थानीय तहमा १ अर्ब ४ करोड १० लाख ५ हजार रुपैयाँ बेरुजु देखिएको हो ।

प्रतिवेदन अनुसार तुलसीपुर उपमहानगरपालिकामा २० करोड ९० लाख १० हजार, घोराही उपमहानगरपालिकामा १४ करोड ६२ लाख ६२ हजार रुपैयाँ बेरुजु देखिएको छ ।

त्यसैगरी लमही नगरपालिकामा १६ करोड ६४ लाख ४१ हजार, गढवा गाउँपालिकामा २३ करोड ६८ लाख ८ हजार, राजपुर गाउँपालिकामा ६ करोड ९९ लाख ३० हजार, राप्ती गाउँपालिकामा ६ करोड ७७ लाख ३४ हजार, दंगीशरणमा ३ करोड ९ लाख ३९ हजार, बंगलाचुलीमा ४ करोड ६ लाख ८ हजार बेरुजु देखिएको छ ।

त्यसैगरी शान्तिनगरमा ३ करोड ७१ लख ७८ हजार र बबई गाउँपालिकामा ३ करोड २ लाख १५ हजार बेरुजु देखिएको छ । सम्पन्न भएका कामहरुको आबस्यक कागजपत्रहरु चुस्त नहुदा बेरुजु रकम धेरै देखिने गरेको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्