पर्वतको क्वारेन्टिनमा एक वृद्धको मृत्यु – Janadesh Daily | ePaper

पर्वतको क्वारेन्टिनमा एक वृद्धको मृत्यु


जनादेश, पर्वत ।

पर्वतको पैंयुँ गाउँपालिका वडा नं ६ को सामुदायिक क्वारेन्टिनमा बसेका एक वृद्धको मृत्यु भएको छ ।

गत असार १६ गते भारतबाट फर्किएर क्वारेन्टिनमा बसेका वृद्ध शुक्रबार बेलुका एक्कासी बेहोस भएका थिए । बेहोस भएलगत्तै गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्‍याइएका उनलाई थप उपचारका लागि पोखरा लैजादै गर्दा मृत्यु भएको हो ।

भारतबाट फर्किएका उनको कोरोना पिसिआर परीक्षण रिपोर्ट भने नेगेटिभ आएको थियो ।

मृतकको स्वाब संकलण गरी परीक्षणका लागि पठाइएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्