७ लाख बालबालिकाको ज्यान जोखिममा – Janadesh Daily | ePaper

७ लाख बालबालिकाको ज्यान जोखिममा


एजेन्सी ।

विश्वभर फैलिरहेको कोरोना भाइरसविरुद्ध खोप विकास गर्ने कार्यमा धेरै जसो मुलुक लागि परेका छन् । विश्वका धेरै जसो औषधि उत्पादक मुलुक कोरोना खोपकको विकासमा केन्द्रित भएपछि अन्य खोपको अभाव भएको छ ।

अफ्रिकामा विभिन्न प्रकारका खोप अभाव भएसँगै ७ लाख बालबालिकाको ज्यान जोखिममा रहेको विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले जनाएको छ । तत्कालै अन्य खोप उत्पादन नगरिए सात लाख बालबालिकाको ज्यानै जान सक्ने डब्ल्यूएचओले चेतावनी दिएको छ ।

यस्तै, बेलायत तथा स्वीस खोजकर्ताले समेत अफ्रिकामा रहेका ५४ देशका ७ लाख बालबालिकाको मृत्यु हुन सक्ने चेतावनी दिएका छन ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्