लकडाउन खुकुलो भएसँगै बेलायतमा रोजगारीमुलक विज्ञापनहरूमा वृद्धि – Janadesh Daily | ePaper

लकडाउन खुकुलो भएसँगै बेलायतमा रोजगारीमुलक विज्ञापनहरूमा वृद्धि


लन्डन,  रासस/सिन्ह्वा ः

भर्ती तथा रोजगार परिसंघ (आरईसी) द्वारा शुक्रवार जारी गरिएको एक रिपोर्ट अनुसार जुलाईको शुरुमा बन्दाबन्दी (लकडाउन) लाई खुकुलो पारिएसँगै बेलायतमा रोजगारीमुलक विज्ञापनको सङ्ख्यामा वृद्धि आएको छ ।

रिक्रुटमेन्ट एण्ड इक्प्लोइमेन्ट कन्फिडरेसन (आरईसी)को तथ्याङ्क अनुसार जुलाई ५ देखि जुलाई १२ सम्म हप्तामा सक्रिय रोजगारी विज्ञापनको कुल सङ्ख्या १० लाख पाँच हजार पुगेको छ । यो जुनकोे अन्तिम हप्ता (जून २२ देखि २८सम्म) को तुलनामा नौ लाख ९० हजारले बढी हो ।

उल्लेखनीय कुरा के हो भने त्यहाँ सूचना प्रविधि क्षेत्रमा काम गर्ने व्यवसायिक कर्मचारीको विज्ञापनमा महत्वपूर्ण वृद्धि रहेको छ ।

जुनको अन्तिम हप्ताको तुलनामा जुलाईको ६–१२ सम्ममा वेब डिजाइनर र डेभलपरहरूको पदस्थापन १५.५ प्रतिशतले बढेको उल्लेख छ ।

यसमा प्रोग्रामर र सफ्टवेयर विकासकर्ताहरूको रोजगारीमा जोडिने दरमा ६.६ प्रतिशतले वृद्धि भएको छ ।

सूचना प्रबिधितर्फ डिजाइनर र डेभलपरहरूको पदस्थापन दरमा आएको उछालले लकडाउनको क्रममा ‘डिजिटल व्यवसाय’ तर्फको रोजगारीमा सामान्य वृद्धि भएको प्रतिबिम्बित हुने आरईसीले जनाएको छ ।

यसका साथै सर्वेक्षणमा ग्राफिक डिजाइनर्स लगायतका अन्य रोजगारीमा ११.३ प्रतिशत, विक्री व्यवस्थापकमा ९.९ प्रतिशत सिकर्मी तथा शिपबिहीन क्षेत्रमा ८.५ प्रतिशतले वृद्धि भएको सर्भेक्षणले देखाएको छ ।

आरइसी प्रमुख कार्यकारी नील कारबेरीले भन्नुभयो, “लकडाउनलाई खुकुलो बनाएसँगै व्यवसायिक क्षेत्रमा आर्थिक सुधारको आत्मविश्वास बिस्तारै बढ्दै गइरहेको छ । कारबेरीले थप्नुभयो, “सुधारका सङ्केत देखिएको भएपनि हामी समस्याबाट बाहिर आइसकेका छैनौं ।

अर्थव्यवस्था केही समयको लागि सामान्य स्तरमा फर्कने छैन ।” राष्ट्रिय तथ्याङ्क कार्यालय (ओएनएस) द्वारा बिहीबार जारी तथ्याङ्क अनुसार देशको कम्पनी भूक्तानीलाई हेर्दा कामदार सङ्ख्या मार्च र जुनबीचमा छ लाख ४९ हजारले कमी देखिएको छ ।

“आगामी २/३ महिना अस्थायी विदा योजना र सरकार समर्थिन व्यापक कार्यक्रमको वास्तविक असर बुझ्न गाह्रो हुने छ,” ब्रिटिश श्रम बजार विश्लेषक कम्पनी एम्सीका श्रमशक्तिविद् तथा निर्देशक म्याथ्यू मीले भन्नुभयो ।

सरकारको योजना अन्तर्गत, कर्मचारीहरुलाई राख्न र व्यवसायहरुलाई सहयोग पु¥याउन दिइएको अस्थायी विदा योजना यस बर्ष अक्टोबरको अन्त्यमा समाप्त हुनेछ

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्