नेपालीलाई दुव्यवहार गर्ने एकजना बनारसबाट पक्राउ – Janadesh Daily | ePaper

नेपालीलाई दुव्यवहार गर्ने एकजना बनारसबाट पक्राउ


चन्द्रप्रकाश नेपाली

अयोध्याबारे प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको अभिव्यक्तिलाई लिएर नेपालीमाथि दुर्वयवहार गर्ने एकजना पक्राउ परेका छन् ।

पक्राउ पर्ने व्यक्ति सन्तोष पाण्डे रहेको भारतको बनारस प्रहरीले जनाएको छ ।

विश्व हिन्दु सेनाका कार्यकर्ताहरुले बनारसमा एक नेपालीलाई नियन्त्रणमा लिएर बलपूर्वक कपाल मुण्डन गर्नुका साथै टाउकोमा ‘श्रीराम’ लेखिदिएका थिए ।

साथै उनलाई प्रधानमन्त्री केपी शर्मा ओली र नेपालविरुद्ध नारा लगाउन लगाएका थिए ।

त्यो भिडियो विश्व हिन्दु सेनाका अध्यक्ष अरुण पाठकले फेसबुकमा सेयर गरेका थिए । त्यसपछि प्रहरीले पाठकसहितका व्यक्तिहरुविरुद्ध मुद्धा दर्ता गरी अनुसन्धान प्रक्रिया अघि बढाएको थियो ।

सो क्रममा सन्तोष पाण्डे नामका एक जना युवक पक्राउ परेको बनारस प्रहरीले जनाएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्