दाङमा लकडाउनको समयमा वन तस्करी र चोरी शिकार बढयो – Janadesh Daily | ePaper

दाङमा लकडाउनको समयमा वन तस्करी र चोरी शिकार बढयो


Government Gave Orders To Cut 1,09,75,844 Trees In Last 5 Years ...

जनादेश संवाददाता

घोराही । साउन दाङमा कोरोना रोकथामका लागि गरिएको लकडाउनमा पनि वन क्षेत्रमा गैरकानुनी कामहरु भएको पाईएको छ ।

डिभिजन वन कार्यालय दाङका अनुसार लकडाउनमा काठ तस्कारी, चोरी शिकारी तथा अबैधरुपमा वन क्षेत्रमा सडक खन्ने काम भएको छ ।

लकडाउनको अबधीमा वन क्षेत्रमा १९ वटा गैरकानुनी कामहरु भएको वन कार्यालयले जानकारी दिएको छ ।

कार्यालय प्रमुख दीपक ज्ञवालीका अनुसार एक हजार ७ सय ५२ क्विफिट काठ बरामद भएको छ । काठ तस्करी, चोरी शिकारी र सडक खन्ने काममा संलग्न ३३ जना बिरुद्ध मुद्धा दर्ता भएको छ ।

ति मध्य १७ जना पक्राउ परेका छन भने ७ वटा मुद्धा दायर भएको छ ।

अबैधरुपमा प्रयोग भएका ४ वटा मोटरसाईकल, ३ वटा ट्याक्टर, एउटा स्काभेटर, एउटा बस समेत बरामद भएको छ भने २ वटा भरुवा बन्दुक, २७ थान गोली, सय ग्राम बारुद समेत बरामद गर्न सफल भएको कार्यालय प्रमुख ज्ञवालीले जानकारी दिनुभयो ।

वन तस्कारी तथा चोरी सिकारीमा संलग्न व्यक्तिहरु पहिले देखी नै घटनामा संलग्न हुदै आएको समेत पाईएको छ भने घटनामा सामुदायिक वन समूहका पदाधिकारी समेत रहेका छन् ।

कुनै पनि संक्रमणकालिन अबस्थामा वन क्षेत्रमा चोरी तस्करी हुने गरेको भन्दै वन कर्मचारीले निगरानी बढाउदा अबैध काम गर्नेलाई नियन्त्रणमा लिन सफल भएको प्रमुख ज्ञवालीको भनाई छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्