झापा ११ ले फुटबल एकेडेमी सञ्चालन गर्ने – Janadesh Daily | ePaper

झापा ११ ले फुटबल एकेडेमी सञ्चालन गर्ने


हिमाल खरेल

ष्ट्रिय लिग खेलिसकेको झापा ११ फुटबल क्लबले फुटबल एकेडेमी सञ्चालन गर्ने भएको छ । शनिबार बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गर्दै एकेडेमी सञ्चालनमा तयारी भइरहेको जलकुमार गुरुङले जानकारी दिए ।

अध्यक्ष गुरुङका अनुसार एकेडेमी सञ्चालनका लागि ५ करोड रुपैयाँ खर्च हुने अनुमान छ । प्रशिक्षक, खेलाडी तथा प्राविधिकसँगको परामर्शपछि ऐकेडेमी सञ्चालनको तयारी सुरु गरेका हौं, उनले भने, क्लबलाई आगामी दिनमा अझ मजबुद बनाउन तथा खेलाडी उत्पादनको उद्देश्य राखेर एकेडेमी सञ्चालन गर्न लागेका हौं ।

एकेडेमी विना नयाँ खेलाडी उत्पादनको सम्भावना नदेखिएकोले प्रयास थालिएको गुरुङको तर्क छ । ‘एकेडेमी नहुँदा क्लबका लागि खेलाडीको अभाव देखियो’, गुरुङले भने, ‘भाँडामा खेलाडी किनेर कति दिनसम्म खेल्नु ?’

एकेडेमीका लागि प्रशिक्षकसँग पनि सल्लाह गरिएको बताइएको छ । सहिद स्मारक ए डिभिजन लिग विजेता मच्छिन्द्र क्लबका मुख्य प्रशिक्षक प्रवेश कटवाल र बी डिभिजन क्लब बाँसबारी क्लबका मुख्य प्रशिक्षक युगलकिशोर राई एकेडेमीमा आबद्ध हुने सम्भावना रहेको गुरुङले बताए ।

झापाका स्थायी बासिन्दा कटवाल र राईले यसअघि झापा ११ को प्रशिक्षकको भूमिका निर्वाह गरिसकेका छन् । झापा ११ का पूर्वखेलाडी समेत रहेका दुवै एएफसी ए लाइसेन्स प्राप्त प्रशिक्षक हुन् ।

प्रशिक्षक कटवालले एकेडेमी सन्चालनले खेलाडी उत्पादनले क्लब पनि मजबुद हुने उल्लेख गर्दै भविष्यमा नयाँ खेलाडी खोज्न सहज हुने बताए । प्रशिक्षक राईले एकेडेमी सञ्चालन गर्दा क्लब पृथक र व्यावसायिक हुने बताए । उनले लामो उद्देश्य राखेर फुटबल विकासको योजनासहित ऐकेडेमी सञ्चालनमा गर्न लागिएको बताए ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्