क्वारेन्टाईन व्यवस्थापन र राहत वितरणमा खट्नेलाई सम्मान – Janadesh Daily | ePaper

क्वारेन्टाईन व्यवस्थापन र राहत वितरणमा खट्नेलाई सम्मान


जनादेश, घोराही ।

घोराही उपमहानगरपालिका वडा नम्बर ४ ले क्वारेन्टाईन व्यवस्थापन, राहत वितरणमा खटिएका युवा, स्वास्थ्य स्वयसेविका र टोल विकास संस्थाहरुलाई कदर एवं सम्मान गरेको छ ।

वडा कार्यालयले कोरोना संक्रमण रोकथामका लागि सञ्चालन गरेको क्वारेन्टाईन व्यवस्थापन एवं राहत वितरणमा खटिएका ८१ जना युवाहरु र १२ जना स्वास्थ्य स्वंयसेविकालाई कदर पत्र र ७ वटा टोल विकास संस्थाहरुलाई सम्मान पत्र प्रदान गरेको हो ।

वडा अध्यक्ष भीमबहादुर सार्कीले कोरोना रोकथामका लागि गरिएका प्रयासमा रातदिन खट्ने र विपन्न परिवारहरुको घरघरमा राहत पुराउने युवाहरुलाई कदर पत्र र सहजिकरण गर्ने टोल विकास संस्थाहरुलाई सम्मान पत्र प्रदान गर्नुभएको हो ।

लकडाउनको अबधीमा भारतबाट आई मावि गोग्ली, आधारभूत विद्यालय सुनपुर, आधारभूत विद्यालय सवारीकोट र प्रावि पालुथानमा सञ्चालन गरिएको क्वारेन्टाईनमा बसेका वडाबासीहरुलाई खाना तथा बसाई व्यवस्थापनमा युवा तथा टोल विकास संस्थाहरुले अहोरात्र खटेर सहयोग गरेका थिए ।

सम्मानित हुने टोल विकास संस्थाहरुमा सवारीकोटका पौरखी, मनकामना, जस्पुरकोट, मूलगाउँ, कुशे, भदौरे र तारकेनी टोल विकास संस्थाहरु रहेका छन् ।

वडा अध्यक्ष सार्कीले विपतको सामना सबै मिलेरै गर्न सके मात्रै जित हासिल हुने भन्दै विकासमा पनि एक जुट भएर अघि बढ्न आह्वान गर्नुभयो

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्