लायन्सद्वारा उपमहानगरपालिकालाई भिटिएम प्रदान – Janadesh Daily | ePaper

लायन्सद्वारा उपमहानगरपालिकालाई भिटिएम प्रदान


चन्द्रप्रकाश नेपाली

घोराही। लायन्स क्लव इन्टरनेशलन ३२५ वि टु अन्तरगत एरिया नं. ५ ले घोराही उपमहानगरपालिकालाई करिव तीन लाख रुपैया वरावरको कोरोना भाइरसको परिक्षणका लागि आवश्यक पर्ने भिटिएम प्रदान गरेको छ ।

लायन्स क्लव इन्टरनेशनलबाट प्राप्त एक हजार थान भिटिएम घोराही उपमहानगरपालिकालाई र आठ सय थान भिटिएम तुलसीपुर उपमहानगरपालिकालाई प्रदान गरिएको हो ।
एरिया चिफ लायन युवराज थपलियाको अध्यक्षतामा भएको कार्यक्रममा क्लव ३२५ वि टुका डिस्ट्रिक कोर्डिनेटर विनोद श्रेष्ठ लगायतले घोराही १५ का वडा अध्यक्ष रमेश पाण्डेमार्फत् उपमहानगरलाई एक हजार थान भिटिएम हस्तान्तरण गरिएको हो ।

साथै वडाअध्यक्ष पाण्डेले ग्रामिण क्षेत्रमा पनि स्वाव संकलनका लागि भिटिएम पठाउने योजना बनेको जानकारी दिनुभयो ।

कुनै पनि व्यक्तिको स्वाव लिनका लागि आवश्यक पर्ने भिटिएम प्राप्त भएपछि थप एक हजार जनाको स्वाव संकलन गर्न सकिने बताइएको छ ।
लायन्स क्लवले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई भिटिएम दिनका लागि समन्वय गरेको भएपनि प्रतिष्ठानले भिटिएम लिन नमानेको बताइएको छ । लायन्स क्लवले देशभरका अस्पतालका लागि भिटिएम प्रदान गरेको भएपनि दाङ जिल्लामा मात्रै उपमहानगरपालिकालाई प्रदान गरिएको छ ।
कार्यक्रममा घोराही उपहानगरपालिका वडा नं. १५ का शहरी स्वास्थ्य हिरण्य शर्माले नेपालमा कोभिड– १९ को अवस्था, त्यसले पारेको प्रभाव र भिटिएमको आवश्यकताका बारेमा बोल्नुभएको हो भने कार्यक्रमको सहजिकरण एरिया सेक्रेटरी सरस्वती सुवेदीले गर्नुभएको थियो ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्