पूर्वसुरक्षा सल्लाहकार फ्लिनलाई क्षमादान दिने ट्रम्पको निर्णय – Janadesh Daily | ePaper

पूर्वसुरक्षा सल्लाहकार फ्लिनलाई क्षमादान दिने ट्रम्पको निर्णय


एजेन्सी ।

चुनावमा पराजित भएर सत्ता छोड्ने तयारीमा रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू पूर्वराष्ट्रिय सुरक्षा सल्लाहकार माइकल फ्लिनलाई क्षमादानको निर्णय गरेका छन् ।

सन् २०१६ को चुनावमा रुसी दखलका सम्बन्धमा भएको अनुसन्धानको क्रममा फ्लिन तानिएका थिए । उनी त्यसक्रममा रुसी राजदूतसँगको भेटबारे संघीय अनुसन्धान ब्यूरो एफबिआई लाई झुट बोलेको अर्थात ढाँटेकोमा दोषी ठहर भएका थिए ।

ट्रम्पबाट आएको अपेक्षाकृत क्षमादान आफ्नो लागि ठूलो सम्मानको कुरा रहेको फ्लिनले बताएका छन् ।

न्याया विभागले चार वर्ष पहिलेको चुनावमा रुसी दखलबारे गरेको अनुसन्धानमा दोषी ठहरिने ट्रम्पका पूर्व सहयोगी मध्ये माइकल फ्लीन एक हुन् । सो चुनावमा रुसले ट्रम्पको पक्षमा नतिजा आउने गरि दखलको प्रयास गरेको अभियोग छ ।

सन् २०१७ मा फ्लीनले अनुसन्धानको क्रममा एफबिआईलाई रुसी दूतसँगको भेटबारे ढाँटेको स्वीकार गरेका थिए । त्यसपछि आफ्नो बयान फिर्ता लिन प्रयास पनि गरेका थिए ।

ट्रम्पले प्रदान गरेको क्षमतासँगै फ्लीन सम्पूर्ण कानूनी झमेलाबाट बाहिरएका छन् । उनले ट्वीट गरेर क्षमा दिएको उल्लेख गरेका हुन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्