हत्या हुनुमा मृतककै दोष देखाउदै सर्वोच्चले पूर्वडिआइजी कोइरालाको सजाय घटायो – Janadesh Daily | ePaper

हत्या हुनुमा मृतककै दोष देखाउदै सर्वोच्चले पूर्वडिआइजी कोइरालाको सजाय घटायो


जनादेश, काठमाडौँ ।

सर्वोच्च अदालतले आफ्नै श्रीमतीको हत्या अभियोगमा जन्म कैदको सजाय भोगीरहेका सशस्त्र प्रहरीका पूर्वडिआइजी रञ्जन कोइरालाको सजाय घटाइदिएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशमसेर राणा र न्यायाधीश तेजबहादुर केसीको इजलासले कोइरालाको जन्मकैद सजाय घटाएको हो । कोइरालाले साढे ८ वर्षअघि श्रीमती गीता ढकालको हत्या गरी शव प्लास्टिकमा पोको पारेर मकवानपुरको टिष्टुङ जंगलमा लगेर पेट्रोल छर्की जलाएका थिए । अनुसन्धानमा प्रहरील ढकालको हाधा जलेको शव भेटाएको थियो ।

श्रीमती ढकालले व्यापारका लागि पैसा मागेपछि चर्किएको विवादका कारण कोइरालाले रिसको आवेगमा धकेल्दा ढकालको मृत्यु भएको जनाउदै सर्वोच्चले सजाय घटाएको हो । हत्या हुनुमा मृतक ढकालकै दोष रहेको देखाउदै सर्वोच्चले कोइरालाको जन्मकैदको सजाय घटाएर ८ वर्ष ६ महिना बनाएको छ । जस अनुसार कोइराला यही साउन ८ गते रिहा हुने देखिएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्