एसी मिलानको सानदार जित – Janadesh Daily | ePaper

एसी मिलानको सानदार जित


एजेन्सी इटालियन सिरी ‘ए’ मा एसी मिलानले सानदार जित निकाल्दै शीर्ष ६ भित्र पर्ने सम्भावनालाई जीवितै राखेको छ ।

घरेलु मैदान सान सिरोमा शनिबार राति भएको खेलमा बोलोग्नामाथि ५–१ को सानदार जित निकाल्दै एसी मिलानले शीर्ष ६ मा रहेर अर्काे सिजनको युरोपा लिगा खेल्ने सम्भावना जीवितै राखेको हो ।   मिलानको फराकिलो जितमा साइलेमकर्स, हकान कलहानोग्लु, इस्माइल बेनासर, एन्टी रेविच र डाभिड कालाब्रियाले गोल गरे ।

पाहुना टोलीका ताकेहिरो तोमीयासुले सान्त्वना गोल फर्काए ।  गोलको वर्षा भएको खेलमा मिलानले खेलको १०औं मिनेटमा एलेक्सिसको गोलबाट अग्रता बनाएको थियो । २४औं मिनेटमा हकानले गोल गर्दै मिलानको अग्रता दोब्बर पारे । ४४औं मिनेटमा ताकेहिरोले गोल गरेपछि पहिलो हाफ २–१ को अवस्थामा सकिएको थियो ।

४९औं मिनेटमा इस्माइलले गोल गर्दै मिलानलाई ३–१ को अग्रता दिलाए । ५७औ मिनेटमा एन्टी रेविचले ज्लाटन इभ्राहिमोभिचको पासमा गोल गर्दै मिलानलाई फराकिलो जिततर्फ अग्रसर गराए । इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा डाभिडले गोल गर्दै मिलानलाई ५–१ को सानदार जित दिलाए ।

जितसँगै छैटौ स्थानमा उक्लिएको मिलानको ३४ खेलबाट ५६ अंक पुगेको छ । एक खेल कम खेलेको रोमाको ५३ अंक छ । पराजित बोलोग्ना ४३ अंक जोडेर १०औं स्थनमा छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्