अर्ली महाधिवेशन अल्झाउने प्रस्ताव – Janadesh Daily | ePaper

अर्ली महाधिवेशन अल्झाउने प्रस्ताव


जनादेश, काठमाण्डौ ।

साउन नेपाल कम्युनिष्ट पार्टी नेकपा अध्यक्ष पुष्पकमल दाहालले मंसीरमा महाधिवेशन गर्ने प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको प्रस्तावमा आफूले समर्थन नगरेको प्रष्टीकरण दिनुभएको छ ।

आज आफ्नै निवास खुमलटारमा सचिवालयका सदस्य रस्थायी कमिटीका सदस्यसमेत राखेर दाहालले अस्तीको राजनीतिक घटनाक्रम र मंसीरको महाधिवेशनबारे प्रस्टीकरण दिनुभएको हो ।

अस्तीकोसचिवालय बैठकमा मंसीरमा महाधिवेशन गर्ने ओलीको प्रस्तावमा दाहालले समर्थन जनाएपछि वरिष्ठ नेताद्वय माधवकुमार नेपाल, झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठले असन्तुष्टि जनाउनुभएको थियो ।

अप्रत्याशित रुपमा बोलाएर आफु गएको र पार्टी कमिटीले जे भन्छ त्यही अनुसार अगाडि बढ्ने प्रचण्डको भनाई छ ।

पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट ओलीले राजीनामा दिनुपर्ने अडानका कारण असार १० देखि सुरु नेकपाको स्थायी कमिटी बैठक लगातार स्थगित छ । ओलीले दुवै पद नछाड्ने बताएका छन् ।

यही तनावबीच मंसीरमा महाधिवेशन गर्ने प्रस्तावले नेकपा विवाद नयाँ मोडमा पुगेको छ

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्