प्रिमियर लिग फुटबलः आज राति म्यानचेष्टर डर्बी – Janadesh Daily | ePaper

प्रिमियर लिग फुटबलः आज राति म्यानचेष्टर डर्बी


एजेन्सी ।

प्रिमियर लिग फुटबलमा आज राति म्यान्चेस्टर डर्बी हुँदैछ । लिगको ११ औं चरणको खेलमा म्यान्चेस्ट युनाइटेड र म्यान्चेस्टर सिटी आमने सामने हुन लागेका हुन् । म्यान्चेस्टर युनाइटेडको वल्र्ड ट्राफोर्डमा हुन लागेको खेल नेपाली समय अनुसार राति सबा ११ बजे सुरु हुनेछ ।

घरेलु मैदानमा जित निकाल्दै युनाइटेड तेस्रो स्थानको चेल्सीसंग अंक बराबरी गर्ने लक्षमा हुनेछ । आजको जितले युनाइटेड कम्तिमा लिगको चौथो स्थानमा उक्लिने छ । अहिले लिग तालिकाको सातौं स्थानमा रहेको युनाइटेडको १० खेलमा १९ अंक छ ।

यस्तै सिटी पनि अंक तालिका सुधारका लागि जितको खोजिमा छ । १० खेलमा १८ अंकसहित ८ औं स्थानमा रहेको सिटी आजको जितले कम्तिमा छैटौं स्थानमा पुग्नेछ ।

प्रिमियर लिगमा आजै यसबाहेक तीन खेल हुनेछन् । राति हुने खेलमा चेल्सीले पनि एभर्टनको सामना गर्दैछ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्