म्यानचेस्टरलाई हराउदै चेल्सी एफए कपको फाइनलमा – Janadesh Daily | ePaper

म्यानचेस्टरलाई हराउदै चेल्सी एफए कपको फाइनलमा


एजेन्सी लन्डन क्लब चेल्सी इंग्ल्यान्डको सबैभन्दा पुरानो र प्रतिष्ठित एफए कपको फाइनलमा प्रवेश गरेको छ । आइतबार राति भएको खेलमा प्रिमियर लिग प्रतिद्धन्द्धी म्यानचेस्टर युनाइटेडको चुनौली ३–१ ले पन्छाउदै चेल्सीले फाइनलमा स्थान बनाएको हो ।

यससँगै युनाइटेडको अपराजित यात्रामा पुर्णविराम लागेको छ । जनवरीमा बर्नलीसँग २–० ले पराजित भएयता युनाइटेड १९ खेलसम्म अपराजित रहेको थियो ।अब चेल्सीले उपाधिका लगि २ अगस्टमा अर्काे लन्डन क्लब आर्सनलको सामना गर्नेछ । आर्सनलले शनिबार राति म्यानचेस्टर सिटीलाई २–० ले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो ।

वेम्वली स्टेडियममा चेल्सीको जितमा ओलिभर जिरुउड र मासन माउन्टले गोल गर्दा एक गोल उपहार पाएको थियो । युनाइटेडका लासग ब्रुनो फर्नान्डेजले पेनाल्टीमार्फत सान्तवना गोल फर्काए । निकै नै प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो हाफको अन्त्यतिर ओलिभर जिरुउडले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए । कप्तान सिजर एज्पिलेक्वेटाको उत्कृष्ट पासमा जिरुउडले सिक्स यार्ड बक्सभित्रबाट गोल गर्न सफल हुदा युनाइटेडका गोलरक्षक डेभिड हे गेयाले रोक्ने कुनै मौका नै पाएन ।

दोस्रो हाफको शुरुमै गोलरक्षक हे गेयाकै गल्तीमा मासन माउन्टले गोल गर्दै चेल्सीको अग्रता दोब्बर पारे । विलियनको फितलो पासलाई फ्रेडबाट खोस्दै अघि बढाएको बललाई गोलरक्षक हे गेयाले राम्रोसँग जज गर्न नसकेको बललाई माउन्टले जाली चुमाएका थिए । ७४औं मिनेटमा ह्यारी मिगुएरले आत्मघाती गोल गरेपछि चेल्सीको जित सुनिश्चित बनेको थियो ।

मार्काेस अलन्सको क्रसलाई एन्टेनियो रुडिगरले गोल गर्ने प्रयास गरेपनि ह्यारी मिगुएरले क्लियर गर्न खोज्दा आफ्नै पोस्टमा गोल गर्दै चेल्सीले खेलमा ३–० को आरामदायी अग्रता बनाउन सफल भयो । ८५औं मिनेटमा युनाइटेडले पेनाल्टीमार्फत गोल गर्दै खेललाई ३–१ को अवस्थामा ल्याउदै खेलमा फर्कने आशा देखाए । कलुम हड्सन ओडोइले युनाइटेडका एन्थोनी मार्सियाललाई लडाएपछि प्राप्त पेनाल्टीमा ब्रुनो चुकेनन् । त्यसपछि थप गोल निस्कन नसक्दा चेल्सी ३–१ ले विजयी हुन सफल भयो ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्