अन्तिम खेलमा रियल म्याड्रिड रोकियो – Janadesh Daily | ePaper

अन्तिम खेलमा रियल म्याड्रिड रोकियो


एजेन्सी स्पेनिस ला लिगाको अन्तिम खेलमा लिग च्याम्पियन रियल म्याड्रिड बराबरीमा रोकिएको छ । कोरोनापछिको १० खेलमा शतप्रतिशत जित निकालेको च्याम्पियन रियल म्याड्रिड स्पेनिल ला लिगाको अन्तिम खेलमा लेगानेससँग २–२ गोलको बराबरीमा रोकिएको हो । 

रियलले खेलमा दुईपटक लिएको अग्रता जोगाउन नसक्दा बराबरीमा रोकिन बाध्य बनेको हो । घरेलु टोली लेगानेसका ब्रयन गिल र रोजर एसालेले गोल गरे । रियलका कप्तान सर्जियो रामोस र मार्काे एसेन्सियाले गोल गरे । खेलको नवौं मिनेटमा इस्कोको क्रसलाई रामोसले हेडमार्फत गोल गर्दै शुरुवाती अग्रता दिलाएका थिए ।

पहिलो हाफको इन्ज्युरी समयको थप गएिको पहिलो मिनेटमा ब्रयन गिलले जोनाथन क्रिस्टियन सिल्भाको पासलाई सदुपयोग गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । ५२औं मिनेटमा इस्कोको पासमा मार्काे एसेन्सियोले गोल गरेपछि रियलले पुनः खेलमा २–१ को अग्रता बनाएको थियो ।  ७८औं मिनेटमा जोनाथनकै पासमा रोजरले गोल गरेपछि लेगानेसले खेललाई पुनः २–२ गोलको बराबरीमा ल्याए । त्यसपछि थप गोल निस्कन नसक्दा खेल २–२ गोलको बराबरीमा सकियो ।

च्याम्पियन रियललाई बराबरीमा रोकेपनि लेगानेसले रेलिगेसन टार्न सकेन । लेगानेस सबै ३८ खेलबाट ३६ अंक जोडेर १८औं स्थानमा रहँदै दोस्रो डिभिजनमा घटुवा हुन पुग्यो । बराबरीपछि रियलले ३८ खेलबाट ८७ अंक जोडेर दोस्रो स्थानमा रहेको बार्सिलोनालाई ५ अंकले पछि पार्दै यो सिजनको अन्त्य ग¥यो ।

अन्य नतिजाहरु

डिपोर्टिभो एलाभेसविरुद्ध बार्सिलोना (०–)

भाल्लाडोलिडविरुद्ध रियल बेटिस (२–०)

भिल्लारियलविरुद्ध एइबार (४–०)

एट्लेटिको म्याड्रिडविरुद्ध रियल सोसिडाड (१–१)

एस्पान्योलविरुद्ध सेल्टा (०–०)

ग्रानडाविरुद्ध एथ्लेटिक बिल्बाओ (–०)

लेभान्टेविरुद्ध गेटाफे (–०)

ओसासुनाविरुद्ध मालोर्का (२–२)

सेभिल्लाविरुद्ध भ्यालेन्सिया (–०)

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्