केनको दुई गोलमा लेस्टरको हार – Janadesh Daily | ePaper

केनको दुई गोलमा लेस्टरको हार


एजेन्सी फरवार्ड ह्यारी केनले दुई गोल गरेपछि लेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा टोटेनहम हस्टपरसँग ३–० को हार बेहोरेको छ । टोटेनहमले एक गोल उपहार पाएको थियो ।

टोटेनहमसँगको हारले लेस्टर सिटीको शीर्ष चारको यात्रा कठिन बनेको छ । ६२ अंक जोडेर चौथो स्थानमा रहेपनि एक खेल कम खेलेको म्यानचेस्टर युनाइटेडले लेस्टर सिटीलाई उछिन्न सक्नेछ । युनाइटेडको पनि ६२ अंक नै छ । एक खेल कम खेलेको तेस्रो स्थानमा रहेको चेल्सीको ६३ अंक छ । अब लेस्टरले अन्तिम खेलमा म्यानचेस्टर युनाइटेडसँग खेल्न बाँकी छ ।

यो खेलले पनि लेस्टर र युनाइटेडको शीर्ष चारको भविष्य तय गर्न सक्नेछ । युनाइटेडले लेस्टरसँग खेल्नुअघि वेस्टह्यामसँग खेल्नेछ । यस्तै चेल्सीले लिभरपुल र वल्भ्ससँग खेल्न बाँकी छ । टोटेनहम हस्टपर मैदानमा आइतबार राति भएको खेलको छैटौं मिनेटमा जेम्स जस्टिनको आत्मघाती गोलबाट टोटेनहमले खेलमा अग्रता बनाएको थियो । केनको पासमा ह्युङ मिन सनको प्रहार जस्टिनलाई डिफ्लेक्ट हुदै गोलमा परिणत भएको थियो ।

३७औं मिनेटमा लुकास मोउराको पासमा ह्यारी केनले गोल गर्दै टोटेनहमको अग्रता दोब्बर बनायो । त्यसको तीन मिनेटपछि नै मोउराकै पासमा ह्यारी केनल व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेसो गोल गरेपछि टोटेनहमले पहिलो हाफमै ३–० को आरामदायी अग्रता बनाउन सफल भयो ।

५८औं मिनेटमा देमाराई ग्रेको शक्तिशाली प्रहारलाई टोटेनहमका गोलरक्षक तथा कप्तान ह्युगो लोरिसले बचाए । लेस्टरले कुनै पनि समय टोटेनहमको पोस्टमा गतिलो आक्रमण बुन्न सकेन । त्यसपछि थप गोल निस्कन नसक्दा टोटेनहम ३–० ले विजयी हुन सफल भयो ।
जितपछि टोटेनहम ३७ खेलबाट ५८ अंक जोडेर छैटौं स्थानमा उक्लन सफल भएको छ । अब टोटेनहमले अन्तिम खेलमा क्रिस्टल प्यालेससँग खेल्न बाँकी छ ।

यस्तै अर्काे खेलमा साउथह्याम्पटनले बर्नमाउथमाथि २–० को सहज जित हात पारेको छ । साउथह्याम्पटनको जितमा ड्यानी इंग्स र चे एडाम्सले गोल गरे । ड्यानी इंग्सले पेनाल्टी चुकाउदा बर्नमाउथका साम सुरिजले गोल गरेपनि भिएआरबाट मान्यता पाएन । जितसँगै साउथह्याम्पटन ४९ अंक जोडेर ११औं स्थानमा उक्लिएको छ । बर्नमाउथ ३१ अंक जोडेर १९औं स्थानमा रहेर रेलिगेसनको संघारमा छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्