मोटरसाईकल चोरी गर्ने १४ पक्राउ, कर्मचारी पनि नियन्त्रणमा – Janadesh Daily | ePaper

मोटरसाईकल चोरी गर्ने १४ पक्राउ, कर्मचारी पनि नियन्त्रणमा


Expert tips to stop your bike getting stolen

चन्द्रप्रकाश नेपाली

घोराही । दाङमा प्रहरीले चोरीका मोटरसाईकल सहित १४ जनालाई सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी कार्यालय दाङले आज पत्रकार सम्मेलन गरी विभिन्न स्थानबाट मोटरसाईकल सहित पक्राउ परेका १४ जनालाई सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेहरुमा घोराही १३ का सञ्जय परियार, घोराही १४ का समिर सुनार, सुबास सार्की, केन्द्रबहादुर डाँगी, घोराही १६ का सागर हमाल र घोराही १७ का निरज योगी रहेका छन् ।

त्यसैगरी, लमही ७ का धनीराम चौधरी, हेमन्त गिरी, पाल्टुराम चौधरी, प्रकाश चौधरी, राजपुर २ का रविप्रताब बुढा, राजकुमार यादब, प्रियतम चौधरी र आयोज चौधरी चोरी गरेको मोटरसाईकल सहित पक्राउ परेका हुन् ।

उनिहरुले विभिन्न स्थानबाट मोटरसाईकल चोरी गर्ने, नम्बर प्लेट परिबर्तन गर्ने र बेच्ने समेत गर्दै आएको खुलेको प्रहरी प्रमुख एसपी गणेश चन्दले जानकारी दिनुभयो ।

साथै प्रहरीले यातायात व्यवस्था कार्यालय राप्ती तुलसीपुरका कार्यालय सहयोगी तुलसीपुर ४ का ४८ बर्षिय कृष्णप्रसाद खनाललाई सरकारी छाप कृर्ते बनाई नक्क्ल ब्लु बुक बनाएको अभियोगमा पक्राउ गरेको छ ।

खनाल सहित तुलसीपुर ६ का अब्दुल हफिस सिद्धिकी, तुलसीपुर ५ का चक्रबहादुर वली, जिवन पोख्रेल र विष्णु घिमिरेलाई पनि लु ४६ प ३५४१ नम्बरको सवारी दर्ता किताब, यातायात व्यबस्था कार्यालय दाङ लेखेको छाप, शाखा अधिकृतको छाप, विभिन्न व्यक्तिहरुको नागरिकताको प्रमाण पत्र, सवारी चालक अनुमती पत्र, ब्लुबुक, निरोगिताको दस्तखत सहित पक्राउ गरेको एसपी चन्दले जानकारी दिनुभयो ।

त्यसैगरी, गत जेठ २६ गते गढवा १ जेठानगाउँ स्थित राप्ती नदि किनारमा राखिएका ५ वटा स्काभेटरमा आगजनी गरेको अभियोगमा विप्लव समूहका एक जनालाई प्रहरीले पक्राउ गरेको छ । नेकपा विप्लव समुहका जिल्ला सदस्य तुलसीपुर १९ विजौरीका मदन केसीलाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको हो ।

एक बर्षमा २ सय २२ वटा आत्महत्याका घटना भएका छन् भने ३२ वटा लागु औषधका मुद्धा दर्ता भएको प्रहरीले जनाएको छ ।

त्यसैगरी, ३२ वटा जवरजस्ती करणि, जवरजस्ती करणि उद्योगका २१ वटा मुद्धा दर्ता भएको एसपी चन्दले जानकारी दिनुभयो ।

सवारी ज्यानमा ४८ वटा मुद्धा दर्ता भएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्