टिकटकको मुख्यालय लन्डनमा रहने – Janadesh Daily | ePaper

टिकटकको मुख्यालय लन्डनमा रहने


टिकटकले लन्डनमा मुख्यालय राख्ने !

एजेन्सी ।

बेइजिङ-विगत केही महिनादेखि टिकटकले बेलायत सरकारसँग आफ्नो मुख्यालय लन्डनमा राख्ने विषयमा छलफल गरिरहेको विषयसँग जानकार स्रोतले जनाएको छ । यसलाई चिनियाँ स्वामित्वबाट आफुलाई परै राख्ने रणनीतिको अंशको रुपमा हेरिएको छ ।
कम्पनीको बिचारमा रहेका विभिन्न थलो मध्ये लन्डन पनि एक भएको तर निर्णय लिइनसकेको स्रोतले जनाएको छ ।

बिमर्शमा अन्य थलो पनि रहेको विषयमा तत्काल स्पष्ट हुन सकेको छैन । टिकटकले यसै वर्ष क्यालिफोर्नियामा मुख्यालय बनाउने विषयलाई पनि आक्रामक रुपमा प्रस्तुत गरेको थियो । कम्पनीले वाल्ट डिज्नीका पूर्व सह कार्यकारी केभिन मेयरलाई टिकटकको प्रमुख कार्यकारी बनाउन सक्ने पनि बताएको छ । उनी अमेरिकामा बस्दै आएका छन् ।

चीनले प्रयोगकर्ता (युजर) को डाटा प्रयोग गर्न सक्ने बाध्यकारी अवस्थाको सिर्जना गर्न सक्ने भन्दै टिकटकले वासिङटनको कडाईको सामना गर्दै आएको छ । टिकटक चीनमा रहेको बाइटडान्सको स्वामित्वमा रहदै आएको छ ।

विगतका केही सातादेखि कम्पनी आफ्नो विषयमा अमेरिकामा केन्द्रीत हुदै आएको छ । तर लन्डनलाई सम्भावित मुख्यालको रुपमा राख्ने विषय पनि नकार्न सकिन्न । टिकटकले लन्डन र चीन बाहिरको कार्यथलोको आकारलाई व्यापक रुपमा बढाउने अपेक्षा गरिएको स्रोतले जनाएको छ ।
बेलायतमा विश्वव्यापी मुख्यालय खोल्नका लागि बेलायती सरकारसँगको वार्ता टिकटकले तोडिसकेको सन्डे टाइम्सले जनाएको छ ।
तर अर्को स्रोतका अनुसार टिकटक अझै बेलायती सरकारसँगको वार्तामा रहेको छ । यो विषयमा टिकटकले कुनै टिप्पणी गरेको छैन ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्