नयाँ मन्त्री थपिँदै, प्रचण्डलाई धोका दिनेहरुलाई प्राथमिकता – Janadesh Daily | ePaper

नयाँ मन्त्री थपिँदै, प्रचण्डलाई धोका दिनेहरुलाई प्राथमिकता


जनादेश, काठमाडौं ।

संसद विघटन गरेपछि सत्ता निरन्तरतामा ढुक्क बनेका प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तार गर्दैछन् ।

बालुवाटार स्रोतका अनुसार ओलीले आजै मन्त्रिपरिषद् पुनर्गठन गरेर आफूलाई साथ दिएका पूर्वमाओवादी र माधव नेपाल पक्षका केही नेतालाई खुसी तुल्याउने तयारी गरेका छन् ।

पुस ५ गते संसद् विघटन गर्ने सिफारिस गरेसँगै पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधकुमार नेपाल समूहका सातजना मन्त्रीले सामूहिक राजीनामा दिएका थिए । राजीनामा दिनेमा प्रचण्ड पक्षका पाँचजना र माधव नेपाल समूहका दुईजना थिए ।

त्यही स्थानमा नयाँ मन्त्री पूर्ति गर्न लागिएको बालुवाटार स्रोतले जानकारी दियो । त्यस्तो स्थानमा प्रचण्ड र माधव नेपालको साथ छोडेर आफूसँग लागेकाहरुलाई ओलीको प्राथमिकता दिनेछन् ।

मन्त्री बन्ने सूचीमा टोपबहादुर रायमाझी, छविलाल विश्वकर्मा, विशाल भट्टराई, महेश बस्नेत, खगराज अधिकारी, प्रेम आले, पदम गिरी, कृष्णकुमार श्रेष्ठ, गणेशसिंह ठगुन्ना, नारदमुनी राना, नवराज सिलवाल, दलबहादुर रानालगायतको नाम चर्चामा छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्