प्रतिनिधि सभा विघटनका विरुद्ध संसार एकमत भएको छ : प्रचण्ड – Janadesh Daily | ePaper

प्रतिनिधि सभा विघटनका विरुद्ध संसार एकमत भएको छ : प्रचण्ड


जनादेश, काठमाडौँ ।

नेकपा(प्रचण्ड–माधव पक्ष) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधि सभा विघटनका विरुद्ध संसार एकमत भएको बताएका छन् ।

कार्की ब्याङक्वेटमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रचण्डले नागरिकको भावनाअनुरुप अदालतले फैसला गर्नेमा आफू आशावादी रहेको बताएका छन् ।

‘प्रधानमत्रनी केपी ओलीले लोकतन्त्रलाई धराप पार्ने काम गर्नुभयो । यो सामान्य कुरा होइन । प्रतिनिधि सभा विघटनका विरुद्ध संसार एकमत भएको छ,’ प्रचण्डले भने । उनले संसद विघटनका विरुद्धमा आन्दोलन सुरु भएको र यसको सुनुवाइ नभए अझ सशक्त आन्दोलन गर्न बाध्य हुने बताए ।

यस्तै, यसबारेमा काँग्रेस लगाएत अन्य दलसँग समेत सुझाव लिइरहेको र संयुक्त कार्यक्रम समेत ल्याउन प्रचण्डले बताएका छन् । ‘काँग्रेस जसपा र नागरिकहरुसँग लगातार संवादमा छौँ । संयुक्त कार्यक्रम ल्याउने तयारी पनि गर्दैछौँ,’ प्रचण्डले भने ।

ओलीको यो कदम लोकतन्त्रमाथिको हत्या भएको प्रचण्डले आरोप लगाएका छन् । ‘सदनभित्रबाट समस्या समाधान हुँदासम्म सदन विघटन र अर्को निर्वाचनमा जाने कुरै हुँदैन’, उनले भने ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्