ओली पक्षको रणनीतिः प्रचण्ड छोड्नेहरुलाई मन्त्री बम्पर उपहार – Janadesh Daily | ePaper

ओली पक्षको रणनीतिः प्रचण्ड छोड्नेहरुलाई मन्त्री बम्पर उपहार


जनादेश, काठमाडौँ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पाँच जना नयाँ मन्त्रीहरु थप गरी मन्त्रिपरिषद् विस्तार गरेका छन् ।

प्रधानमन्त्री ओलीले शुक्रबार मन्त्रिपरिषद् विस्तार गरी शपथग्रहण गराउन लागेका हुन् । प्रधानमन्त्री र उनी पक्षीय नेताहरुको रणनीति पुष्पकमल दाहाल प्रचण्डको साथ छोडेर आउनेलाई मन्त्री पदबाट पुरस्कृत गर्ने देखिएको छ । थपिएका मध्ये पाँचै जना पूर्व माओवादी खेमाका हुन् । पूर्व माओवादीमध्येका टोपबहादुर रायमाझीलाई ऊर्जा मन्त्रालयको जिम्मेवारी दिइएको छ।

ओलीले प्रभु साहलाई श्रममन्त्रीको जिम्मेवारी दिएका छन् । पर्यटनमन्त्रीमा मणि थापाले जिम्मेवारी पाएका छन् भने शिक्षामन्त्री दावा लामा र खानेपानीमन्त्री गौरीशंकर चौधरीलाई बनाइएको छ । उनीहरु सबै पूर्वमाओवादी समूहका हुन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्