मन्त्री हेरफेर र थप गरेर ओलीले गरे मन्त्रिमण्डल पुनर्गठन – Janadesh Daily | ePaper

मन्त्री हेरफेर र थप गरेर ओलीले गरे मन्त्रिमण्डल पुनर्गठन


जनादेश, काठमाडौँ ।

संसद भंग गरेपछि रिक्त रहेका पदमा थप्दै र केहीको जिम्मेवारी हेरफेर गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार मन्त्रिमण्डल पुनर्गठन गरेका छन् । संसद विघटनमा असहमति जनाउँदै सात जना मन्त्रीले सामूहिक राजीनामा दिएका थिए। उनीहरुको ठाउँमा नयाँ ल्याइएको छ भने केहीलाई हेरफेर गरिएको छ । नवनियुक्त मन्त्रीहरूले शितलनिवासमा शपथ लिएका छन्।

थपिएका र हेरफेर भएका मन्त्रीहरू : 

टोपबहादुर रायमाझी-उर्जा
मणि थापा-खानेपानी
प्रभु साह-शहरी विकास
प्रेम आले-वन
गणेश ठगुन्ना-सामान्य प्रशासन
गौरी शंकर चौधरी-श्रम
दावा लामा-युवा तथा खेलकुद
जुली कुमारी महतो-महिला बालबालिका
विमला विश्वकर्मा-उद्योग राज्यमन्त्री
भानुभक्त ढकाल- पर्यटन (मन्त्रालय हेरफेर)
हृदयेश त्रिपाठी-स्वास्थ्य (मन्त्रालय हेरफेर)
लीलानाथ श्रेष्ठ-कानून
शिवमाया तुम्बाहाङ्फे-भूमिसुधार
पद्मा अर्याल- कृषि
कृष्ण गोपाल श्रेष्ठ- शिक्षा

यसअघि स्वास्थ्यमन्त्री रहेका भानुभक्त ढकाल पर्यटन र संघीय मामिला मन्त्री रहेका हृदयेश त्रिपाठी स्वास्थ्य मन्त्री बनेका छन्।

यसअघिका महिला बालबालिका मन्त्री लीलानाथ श्रेष्ठ कानून र कानूनमन्त्री शिवमाया तुम्बाहाङ्फे भूमिसुधार मन्त्री बनेकी छन्। भूमिव्यवस्था मन्त्री पद्मा अर्यालले कृषि मन्त्रालयको जिम्मेवारी पाएकी छन् । त्यस्तै शहरी विकास मन्त्री कृष्ण गोपाल श्रेष्ठ शिक्षामन्त्री भएका छन् । युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्मा र उद्योग राज्यमन्त्री मोती दुगड बिदा भएका छन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्