खुमलटार पुगेर बामदेवले भने- ‘ओलीको कदम समर्थन गर्न सक्दिन’ – Janadesh Daily | ePaper

खुमलटार पुगेर बामदेवले भने- ‘ओलीको कदम समर्थन गर्न सक्दिन’


जनादेश, काठमाडौँ ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले आफू संसद विघटनको विपक्षमा स्पष्ट रहेको बताएका छन् । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटेर गौतमले यस्तो बताएका हुन् । प्रचण्डले उपाध्यक्ष गौतमलाई शनिबार बिहान आफ्नै निवास खुमलटारमा बोलाएर उनको धारणा मागेका थिए ।

भेटवार्तामा उपाध्यक्ष गौमले आफू संसद विघटनको विपक्षमा रहेको भन्दै आफ्नो अडान कायमै रहने बताएका थिए । तर जसरी भए पनि पार्टी एकतालाई कायम राख्नु पर्ने उनले बताएको खुमलटार श्रोतको भनाई छ । संसद विघटन र पार्टी विभाजनको अवस्थाबारे छलफल भएको प्रचण्डको सचिवालयले जानकारी दिएको छ । संसद विघटनसँगै नेकपामा स‌कट देखिएपछि गौतम तटस्थ छन् ।

भेटमा प्रचण्ड-माधव समूहका अन्य नेताहरु पनि सहभागी थिए । रामबहादुर थापा बादल ओलीतर्फ लागेपछि प्रचण्डले बामदेवलाई पार्टीमा रहन आग्रह गरिरहेका छन् । जनादेश, काठमाडौँ । बामदेवले भने आफू एकीकृत पार्टीको पक्षमा रहेको दोहोर्याउँदै आएका छन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्