नेकपा पार्टी कार्यलय ओखलढुंगामा दुई पक्षको छुट्टा छुट्टै ताला – Janadesh Daily | ePaper

नेकपा पार्टी कार्यलय ओखलढुंगामा दुई पक्षको छुट्टा छुट्टै ताला


जनादेश, ओखलढुंगा ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को पार्टी कार्यलय ओखलढुंगामा केपि ओली समूह र प्रचण्ड-नेपाल समूहले छुट्टा छुट्टै ताला लगाएका छन् ।

शनिबार बेलुका प्रचण्ड-नेपाल समूहका कार्यकर्ताले नयाँ ताला लगाएका थिए भने आइतबार बिहान ओली समूह पुगेर अर्को ताला लगाएका छन् । हाल पार्टी कार्यलय बाहिर रहेको च्यानल गेटमा दुई वटा पक्षका दुई वटा ताला झुण्डिएका छन् ।

प्रधानमन्त्री ओलीको सिफरिसमा राष्ट्रपति विद्या देवी भण्डारीले संसद विघटन गरेसँगै नेकपा दुई समूहमा बाँडिएको छ । पार्टीका नेता कार्यकर्ता समेत दुई समूहमा बाडिने क्रम चलिरहेको छ । दुई समूहमा बाँडिएको नेकपामा हाल देशभर रहेका पार्टी कार्यालय, पार्टीको चिन्ह र नामको विषयमा विवाद चर्किएको छ । आ-आफ्नै समूहका बैठक र पत्रकार सम्मेलनमा दुई पक्षले यी सबै कुरामा आफ्नो हक भएको दावी गरिरहेका छन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्