प्रतिनिधिसभा पुनःस्थापनाको विकल्प छैन : भुसाल – Janadesh Daily | ePaper

प्रतिनिधिसभा पुनःस्थापनाको विकल्प छैन : भुसाल


परासी ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका स्थायी कमिटी सदस्य घनश्याम भुसालले प्रतिनिधिसभा पुनःस्थापना गर्नाको विकल्प नभएको बताउनुभएको छ । नवलपरासी९बर्दघाट सुस्तापश्चिम०को परासीमा पत्रकारसँग कुराकानी गर्दै नेता भुसालले भन्नुभयो, “मुलुकमा क्षति हुनुभन्दा पहिला नै संसद् पुनःस्थापना गर्नुपर्छ, हामी पुनःस्थापना गरेरै छाड्छौँ ।”

पूर्वमन्त्री भुसालले आगामी वैशाखमा हुने भनिएको चुनाव हुनै नसक्ने जनाउँदै अदालतले जनताको चाहनानुसार फैसला गर्ने विश्वास व्यक्त गर्नुभयो । नेता भुसालले आजै नेकपाले आयोजना गरेको जिल्ला भेलालाई सम्बोधन गर्नुहुनेछ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्