साउदी अरबका राजा सलमान अस्पताल भर्ना – Janadesh Daily | ePaper

साउदी अरबका राजा सलमान अस्पताल भर्ना


साउदी अरबका राजा सलमान स्वास्थ्य परीक्षणका लागि अस्पताल भर्ना हुनुभएको छ ।

उहाँलाई राजधानी रियादस्थित किङ्ग फैसल विशेषज्ञ अस्पताल भर्ना गरिएको साउदी दरबारले सोमबार जनाएको छ ।

दरबारले जारी गरेको वक्तव्यका आधारमा साउदी प्रेस एजेन्सीद्वारा सम्प्रेषित समाचार अनुसार ८४ बर्षीय राजालाई पित्तासय सुनिएकोले परीक्षणका लागि अस्पताल भर्ना गरिएको उल्लेख गरिएको छ ।

कोरोनाको त्रासका कारण साउदी राजा सलमान केही समयदेखि सार्वजनिक हुनुभएको थिएन ।

उहाँ सन् २०१५ को जनवरीदेखि राज्यशक्तिमा हुनुहुन्छ । उहाँ आफ्नो पुस्ताको अन्तिम राजा हुनुहुन्छ ।

राजा सलमानको ३४ बर्षीय छोरा राजकुमार मोहम्मद बिन सलमान हुनुहुन्छ । उहाँलाई नै भावी राजा मानिएको छ । उहाँमा राम्रो नेतृत्व क्षमता रहेको छ । राजा सलमानकै सहयोग र समर्थनमा उहाँलाई हालै मात्र राजधानीमा सारिएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्