महामारीका कारण बन्द रहेको चिनियाँ चलचित्र क्षेत्र पुनः सञ्चालनमा – Janadesh Daily | ePaper

महामारीका कारण बन्द रहेको चिनियाँ चलचित्र क्षेत्र पुनः सञ्चालनमा


कोरोनाको त्रासका कारण महिनौदेखि बन्द रहेका चीनका चलचित्र हलहरु फेरी खुल्न थालेका छन् ।

सोमबार चलचित्र हेर्नका लागि धेरैले टिकट काटेको चिनियाँ चलचित्र अधिकारीहरुले जानकारी दिएका छन् ।

हल सञ्चालन गर्न र टिकट काट्न अधिकारीहरुले अघिल्लो हप्ता सूचना जारी गरेका थिए । कोरोनाभाइरसको जोखिम कम भएका ठाउँमा हलहरु खोल्न र सञ्चालन गर्दा उच्च सतर्कता अपनाउन सूचनामा आग्रह गरिएको थियो ।

सरकारी अधिकारीहरुको आग्रह अनुसार सिन्च्याङ, साङ्घाई, बेइजिङलगायतका ठाउँमा चलचित्र हलहरु सञ्चालनमा आउन थालेका हुन् ।

देशको पूर्वी सहर साङ्घाईमा त साङ्घाई अन्तर्राष्ट्रिय चलचित्र महोत्सव पनि आउदो शनिबारदेखि शुरु हुने भएको छ । त्यसका लागि सोमबार विहान टिकट खुल्ला गरेको दश मिनेटमै एक लाख टिकट विक्री भएको बताइउको छ ।

अहिले खुल्ला गर्न नसकिएका कतिपय ठाउँमा खुल्ला गराउनका लागि तयारी पनि भइरहेको जनाइएको छ ।

चीनका अधिकांश स्थानलाई कम जोखिम भएका क्षेत्रका रूपमा वर्गीकरण गरिएका कारण देशभरिका धेरै ठाउँका चलचित्र हलहरु खुल्ने देखिएको छ । गत जनवरीदेखि शुरु भएको लकडाउनले चीनका चलचित्र हलहरु नराम्ररी प्रभावित भएका छन् भने केही बन्द भएका छन् ।

अव खुल्ला गर्न लागिएका चलचित्र हलहरुमा कुल क्षमताको ३० प्रतिशतमात्रै दर्शक राख्नुपर्ने र पहिले देखाउने गरेकोभन्दा आधा सङ्ख्यामा मात्रै चलचित्र देखाउन पाइने नियम बनाइएको छ ।

त्यसैगरी मास्क लगाउनुपर्ने, सामाजिक दुरी कायम गर्नुपर्ने, शरीरको तापक्रम नाप्नु पर्नेलगायतका नियम पनि कडाइका साथ लागु गर्न भनिएको छ । यस्तो नियमहरु टिकट काट्दा, हलभित्र र वाहिर गर्दा र भित्र बस्दा समेत अप्नाउनु पर्ने बनाइएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्