मेस्सीको पुनरागमनसँगै लयमा फर्कियो वार्सा, अवे मैदानमा टिमको जित – Janadesh Daily | ePaper

मेस्सीको पुनरागमनसँगै लयमा फर्कियो वार्सा, अवे मैदानमा टिमको जित


एजेन्सी ।

लियोनल मेस्सी मैदान फर्किएको खेलबाट बार्सिलोनाले जितको यात्रा पुनः सुरु गरेको छ। स्पेनिस ला लिगा फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा बार्सिलोनाले हुएस्कालाई १–० ले पराजित गरेको हो ।

अवे मैदानमा भएको खेलमा बार्सिलोनाको जितका लागि २७ औँ मिनेटमा मेस्सीको सहयोगमा फ्र्याकी डी जोङ्गले गरेको गोल नै निर्णायक बन्यो । मेस्सीले बार्सिलोनाबाट ७५० औँ तथा ला लिगामा ५०० औँ खेल खेलेका हुन् ।

मेस्सीले फ्रि किक मार्फत प्रहार गरेको बल क्रसबारबाट माथि गए पनि गोलका लागि भने सहयोग गरे। जितपछि पाँचौँ स्थानमा उक्लिएको बार्सिलोनाको १६ खेलबाट २८ अंक भएको छ । पुछारको हुएस्काको १७ खेलबाट १२ अंक मात्रै छ ।

ला लिगा अन्तर्गत आइतबार राति भएका अरु खेलमा एथ्लेटिको बिल्बाओले एल्चीलाई १–० तथा एइबरले ग्रानाडालाई २–० ले पराजित गर्दा रियल सोसिडाड र ओसासुनाले १–१ को बराबरी गरेका छन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्