सिरि एमा चम्किए रोनाल्डो, दुई गोल आफ्नै, अर्को एकमा सहयोग – Janadesh Daily | ePaper

सिरि एमा चम्किए रोनाल्डो, दुई गोल आफ्नै, अर्को एकमा सहयोग


एजेन्सी ।

क्रिष्टियानो रोनाल्डोले इटालियन सिरी ए अन्तर्गत आइतबार रातिको खेलमा युभेन्टसलाई जिताउने क्रममा दुई गोल गरेर एक गोलका लागि सहयोग गरेका छन् ।

घरेलु मैदानमा भएको खेलमा युभेन्टसले युडिनेसलाई ४–१ ले पराजित गरेको हो। युभेन्टसका लागि रोनाल्डोले ३१ र ७० औँ मिनेटमा गोल गरि ४९ औँ मिनेटमा चिएसाको गोलका लागि सहयोग गरेका हुन् । रोनाल्डोले यो सिजन सिरी ए मा अहिलेसम्म ११ खेलमा १४ गोल गरिसकेका छन् ।

यस्तै युभेन्टसका लागि इन्जुरी समयको तेस्रो अर्थात ९३ औँ मिनेटमा पाउलो डिबालाले गोल गरे । युडिनेसका लागि ९० औँ मिनेटमा जीगेलारले एक गोल फर्काए ।

जितपछि १४ खेलबाट २७ अंक जोडेको युभेन्टस पाँचौँ स्थानमा पुगेको छ । साबिक विजेता उ शीर्ष स्थानको एसी मिलान भन्दा १० अंकले पछि छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्