प्रिमियर लिगः म्यानचेस्टर सिटीसँग चेल्सी स्तब्ध – Janadesh Daily | ePaper

प्रिमियर लिगः म्यानचेस्टर सिटीसँग चेल्सी स्तब्ध


एजेन्सी ।

इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा म्यानचेस्टर सिटीले चेल्सीमाथि प्रभावशाली जित दर्ता गरेको छ ।

घरेलु मैदानमै भएको खेल चेल्सी म्यानचेस्टर सिटीसँग ३–१ ले पराजित भएको हो । सिटीका लागि १८ औँ मिनेटमा इल्केयी गुण्डोगान, २१ औँ मिनेटमा फिल फोडिन तथा ३४ औँ मिनेटमा केविन डू ब्रूयनाले गोल गरे ।

पहिलो हाफमा नै तीन गोल खाएको चेल्सीले इन्जुरी समयको दोस्रो अर्थात ९२ औँ मिनेटमा एक गोल फर्कायो । उसका लागि हड्सन–ओडोइले गोल गरेका हुन् ।

जितपछि पाँचौँ स्थानमा पुगेको म्यानचेस्टर सिटीको १५ खेलबाट २९ अंक भएको छ । १७ खेलबाट २६ अंक भएको चेल्सी आठौँ स्थानमा झरेको छ ।

यस्तै आइतबार राति नै भएको खेलमा जित निकालेको लेस्टर सिटी १७ खेलबाट ३२ अंकसहित तेस्रो स्थानमा पुगेको छ।

अवे मैदानमा भएको खेलमा लेस्टरले न्यूक्यासल युनाइटेडलाई २–१ ले पराजित गरेको हो ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्