ट्रम्पले आफूलाई जिताउन निर्वाचन अधिकारीलाई दबाब दिएको फोन रेकर्डिङ सार्वजनिक – Janadesh Daily | ePaper

ट्रम्पले आफूलाई जिताउन निर्वाचन अधिकारीलाई दबाब दिएको फोन रेकर्डिङ सार्वजनिक


एजेन्सी ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफूलाई चुनाव जिताउन सरकारी अधिकारीहरुलाई दबाब दिएको खुलासा भएको छ ।

वासिङ्टन पोष्टले सार्वजनिक गरेको एक फोन रेकर्डिङमा उनले जर्जिया प्रान्तका शीर्ष चुनाव अधिकारीलाई आफूलाई जिताउन लायक भोटको बन्दोबस्त गरिदिन आग्रह गरिरहेका छन् ।

यसमा राष्ट्रपति ट्रम्प रिपब्लिकन सेक्रेट्री अफ स्टेट ब्रेड रेफनस्पर्जरसँग भनिरहेका छन्, ‘म ११,७८० भोट मात्रै खोज्न चाहन्छु ।’ रेफनस्पर्जरले ट्रम्पलाई जर्जियाको नतिजा सही भएको बताइरहेका छन् ।

वासिङ्टन पोस्टले जारी गरेको कल रेकर्डिङमा राष्ट्रपति ट्रम्पले जर्जियाका सेक्रेट्री अफ स्टेटमाथि दबाब दिइरहेको सुन्न सकिन्छ ।

आफूले जर्जियाको चुनाव जितेको कुरालाई उनले जोड दिएर भनिरहेको सुन्न सकिन्छ ।

यस्तै रेफेनस्पर्जर जवाफ दिन्छन्, ‘राष्ट्रपति महोदय, तपाईंको अगाडि चुनौती यो छ कि जुन डाटा तपाईं देखाइरहनुभएको छ, त्यो गलत छ ।’

राष्ट्रपति ट्रम्पले अधिकारीलाई सम्भावित कानूनी नतिजाको धम्की पनि दिन्छन् ।

उनी भन्छन्, ‘तिमीलाई थाहा छ, उनीहरुले के गरेका छन् ? यसबारे जानकारी नदिनु अपराध हो । तिमीले यस्तो हुन दिनेछैनौ । यो तिमी र तिम्रा अधिवक्ता रियानका लागि ठूलो खतरा हो ।’

राष्ट्रपति ट्रम्पले रेफेनस्पर्जरलाई राज्यको नतिजा पुनः समीक्षा गर्न आदेश दिन्छन् । ह्वाइट हाउसले अहिलेसम्म कल रेकर्डिङ जारी गरिएकोबारे कुनै टिप्पणी गरेको छैन ।

डेमोक्रेट उम्मेद्वारा जो बाइडेनले राष्ट्रपति चुनावमा जर्जिया प्रान्तमा जीत हाँसिल गरेका थिए । उनले कूल ३०६ इलेक्टोरल भोट जितेका थिए जबकी ट्रम्पले २३२ भोट पाएका थिए ।

मतदानलगत्तै राष्ट्रपति ट्रम्पले चुनावमा अत्यधिक मात्रामा धाँधली भएको आरोप लगाइरहेका छन् । यद्यपि, उनले यसका लागि कुनै प्रमाण भने प्रस्तुत गर्न सकेका छैनन् ।

अमेरिकाका सबै ५० प्रान्तले अब चुनावी नतिजा प्रमाणित गरिदिएका छन् । केही प्रान्तमा पुनः गन्ती र अपिलपछि यस्तो गरिएको हो ।

अमेरिकाको अदालतले अहिलेसम्म जो बाइडेनको जीतविरुद्ध दर्ता गरिएको ६० याचिका रद्द गरिसकेको छ । जोन बाइडेन २० जनवरीमा अमेरिकाका राष्ट्रपति पदको शपथ ग्रहण गर्नेछन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्