बुधबार साँझसम्म अविरल बर्षा हुनेः उच्च सावधानी अपनाउन मौषम विभागको आग्रह – Janadesh Daily | ePaper

बुधबार साँझसम्म अविरल बर्षा हुनेः उच्च सावधानी अपनाउन मौषम विभागको आग्रह


बाढीजनादेश, काठमाण्डौ ।

देशका विभिन्न स्थानमा बर्षा भएको छ । मनसुनी वायु सक्रिय रहँदा रातिदेखि नै देशका अधिकांश स्थानमा लागातार वर्षा भएको हो ।

जल तथा मौसम विज्ञान विभागका अनुसार अहिले नेपालमा सरेको मनसुनी न्यून चापीय रेखाको प्रभावले देशका अधिकांश स्थानमा वर्षा भइरहेको छ।

बुधवारसम्म देशभरि मनसुनी गतिविधि सक्रिय हुने विवरण आइरहेको समयमा विज्ञहरूले बाढी तथा पहिरोबाट जोगिन मौसम र विपद्सम्बन्धी पूर्वचेतावनीलाई समुदायले अटेर नगर्न सुझाव दिएका छन्।

बाढी

तराईका जिल्लाहरुका भारी वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागले नदी किनार र डुवान भईरहने होचा स्थानमासतर्क अपनाउँन आग्रह समेत गरेको छ ।

नदि तथा खोला आसपासका बस्तीहरुलाई सतर्क रहन स्थानिय प्रशासनले आग्रह समेत गर्दै आएको छ ।

केही स्थानहरूमा भारी र अति भारी वर्षा हुने यो क्रम बुधवारसम्म जारी रहने र त्यसपछि केही कमी आउने विभागका वरिष्ठ मौसमविद् राजु प्रधानाङ्ग बताउँछन्।

बुधवारबाट अलिकति वर्षाको मात्रामा कमी आउने मात्रै हो, रोकिने होइन्। भारी वर्षा एक-दुई स्थानमा मात्रै हुनेछमौसमविद् राजु प्रधानाङ्ग बताउँछन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्