विप्लवका छोराले खुमलटार पुगेर सीता र प्रचण्डलाई भेटे – Janadesh Daily | ePaper

विप्लवका छोराले खुमलटार पुगेर सीता र प्रचण्डलाई भेटे


जनादेश, काठमाडौँ ।

नेत्रविक्रम चन्द विप्लवका छोरा प्रकाश चन्दले खुमलटार पुगेर नेकपा अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’पत्नी सीता दाहालको अवस्थाबारे जानकारी लिएको खुलेको छ ।

सीतालाई उपचारका लागि भारतको मुम्बई लगिनु अघि प्रकाश खुमलटार पुगेका थिए । सीता दाहाललाई भेट्न प्रकाश सोमवार बिहान करीब ९ बजे खुमलटार पुगेको खुमलटार श्रोतले बताएको छ । प्रकाश मेडिकल डाक्टर समेत हुन् । १६ वर्षपछिको भेटमा प्रकाशले सीता दाहाललाई शीघ्र स्वास्थ्यलाभको कामना गर्दै स्वास्थ्यसम्बन्धी केही सुझावहरू पनि दिएको बताइएको छ ।

नेत्रविक्रम चन्दले १० वर्षे जनयुद्ध प्रचण्डकै नेतृत्वमा लडेका थिए । केपी ओलीले संसद विघटन गरेपछि विप्लवले प्रचण्ड लगायताका नेतालाई सहकार्यको प्रस्ताव राखिसकेका छन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्