दाङका ३ जनामा कोरोना पुष्टि, संक्रमित ६ सय ४५ पुगे – Janadesh Daily | ePaper

दाङका ३ जनामा कोरोना पुष्टि, संक्रमित ६ सय ४५ पुगे


चन्द्रप्रकाश नेपाली
घोराही । दाङका ३ जनामा आज कोरोना संक्रमण पुष्टि भएको छ ।

भेरी अस्पताल नेपालगञ्ज बाँकेमा गरिएको पिसिआर जाँचमा बबई गाउँपालिका वडा नम्बर ६ ३५ बर्षिय पुरुष र १८ बर्षिया एक महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यसैविच लुम्बिनि प्रयोगशालामा गरिएको स्वाब परिक्षणमा दाङका एक जनामा पनि कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । तर उनको ठेगाना खुलेको छैन्।

यो सँगै दाङमा कोरोना संक्रमितको संख्या ६ सय ४४ पुगेको छ । ति मध्य अहिले सम्म ५ सय ९० जना जना कोरोना मुक्त भैसकेका छन्। जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्रका अनुसार क्वारेन्टाईनमा ३ सय ३० जना रहेका छन्।

यसैविच भेरी अस्पतालमा आज गरिएको परिक्षणमा रुकुम पूर्वका ७ जनामा कोरोना देखिएको छ । सिस्ने गाउँपालिका ४ का ३४ बर्षिय पुरुष, वडा नम्बर ७ का १४ बर्षिया बालिका, ४८ बर्षका पुरुष र वडा नम्बर ८ का २९ बर्षिया महिलालाई कोरोना देखिएको हो ।
त्यसैगरी, भूमे गाउँपालिका वडा नम्बर ९ का २६ बर्षिय पुरुष, पुथाउत्तरगंगा १२ का २४ बर्षका पुरुष र ३० बर्षका एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।
साथै बाँके नेपालगञ्ज उपमहानगरपालिका १९ का २० बर्षिय पुरुषमा समेत कोरोना देखिएको छ ।

भेरी अस्पतालमा बितेको २४ घण्टामा ३ सय जनामा कोरोना जाँच गर्दा १० जनामा पोजेटिभ देखिएको हो ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्