टि२० विश्वकप सर्योc – Janadesh Daily | ePaper

टि२० विश्वकप सर्योc


एजेन्सी विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड१९) को महामारीको कारण आगमी अक्टोबर नोभेम्बरमा अष्ट्रेलियामा हुने टि२० विश्वकप स्थगित भएको छ ।

सोमबार बसेको अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) बैठकले विश्वकप सरेको जनाएको छ । टि२० विश्वकप एक वर्षको लागि सरेको छ । अब टि२० विश्वकप २०२१ अक्टोबर नोभेम्बरमा हुँने आइसिसीले जनाएको छ । आइसिसी एक दिवसिय विश्वकप २०२३ अक्टोबर नोभेम्बरमा गर्ने भएको छ । यसअघि एकदिवसीय विश्वकप फ्रेब्रुअरी ९ देखि २६ मार्च सम्म भारतमा हुने तय भएको थियो ।

त्यस्तै २०२१ मा भारतमा हुने भनिएको टि२० विश्वकप २०२२ मा अक्टोबर नोभेम्बरमा हुने छ । नेपाल भने यो वर्ष हुने टि२० विश्वकपमा एसिया छनोटबाटै बाहिरिएको थियो । यसअघि २०२१ मा भारतमा हुने भनिएको टि२० विश्वकपमा नेपालले सिधै ग्लोबल छनोट क्वालिफायरमा मौका पाएको थियो । अब नेपालले सन् २०२२ सम्म सरेको प्रतियोगिताको लागि छनोट खेल्नेछ ।

विश्वकप सरेसँगै भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसीआई) लाई १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) गर्न बाटो खुलेको छ । टि२० विश्वकप र सेप्टेम्बरमा पाकिस्तानमा हुने तय भएको एसिया कप टि२० प्रतियोगिता सरेसँगै यो वर्ष आइपिएल हुने लगभग निश्चित भएको छ । बिसिसिआईले विश्वकप सरेमा यो वर्ष आइपिएल हुने बताउँदै आएको थियो । आइपिएल युएईमा गर्ने बिसिसिआईको तयारी छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्