एक करोड १४ लाखको कृषि आधुनिक उपकरण प्रदान – Janadesh Daily | ePaper

एक करोड १४ लाखको कृषि आधुनिक उपकरण प्रदान


OPEN TENDER An open tender for the supply of your products to the ...

विराटनगर,  रासस :

आधुनिकयन्त्रको प्रयोग गरी उत्पादन वृद्धि गर्नुका साथै कृषकलाई व्यावसायिक बनाउन गर्न रु एक करोड १४ लाख बराबरको विभिन्न कृषि उपकरण वितरण गरिएको छ ।

प्रधानमन्त्री आधुनिकीकरण कृषि परियोजना कार्यान्वयन एकाइ मोरङद्वारा सोमबार यहाँ आयोजित कष्टम हायरिङ सेन्टर तथा साना मेशिनरी औजार हस्तान्तरण कार्यक्रममा मोरङका माछा तथा धान जोनमा आबद्ध किसानलाई कृषिका आधुनिक उपकरण वितरण गरिएको हो ।

माछा जोनमा आबद्ध १६ किसानलाई रु ३४ लाख बराबरको माछा पोखरीमा पानी पटाउन एक/एक थान मोटरपम्प, माछा तौल गर्न ४१ किसानलाई डिजिटल काँटा, ५९ किसानलाई पानी मापनका लागि पिएच मिटर तथा माछालाई अक्सिजन प्रदान गर्न छ एरियेटरलगायतका उपकरण प्रदान गरिएको छ ।

यसैगरी धानजोनसँग आबद्ध किसानले प्रयोग गर्ने गरी रु ८० लाख मूल्य बराबरको एउटा कम्पाइण्ड हार्वेष्टर, दुईवटा ट्र्याक्टर, दुई ट्रली, दुई रोटामेटर, दुई कल्टिमेटर र दुई केजबिल वितरण गरिएको छ ।

एउटा हार्वेष्टरले प्रतिघण्टा १५ कठ्ठा जग्गामा रहेको धान, गहुँ र मकै कटाइ, दाउनी र बोरामा प्याक गर्ने परियोजना एकाइ कार्यालयका प्रमुख विनोदकुमार मण्डलले बताउनुभयो ।

हार्वेष्टरलगायतका यन्त्र सहकारी संस्थामार्फत किसानले प्रयोग गर्नेछन् । परियोजनाले ५० प्रतिशत अनुदानमा कृषकलाई ती उपकरण वितरण गरेको हो ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्