रम्भादेवी मन्दिरको मूर्ति र दानपत्र चोरी – Janadesh Daily | ePaper

रम्भादेवी मन्दिरको मूर्ति र दानपत्र चोरी


जनादेश, पाल्पा ।

पाल्पाको रम्भादेवी मन्दिरको मूर्ति चोरी भएको छ ।

रम्भा गाउँपालिकाको वडा नं. १ स्थित तीनधारे सामुदायिक जंगलभित्र रहेको रम्भादेवी मन्दिरभित्र रहेको दुर्गाको र गणेशको मूर्तिसहित दानपात्र चोरिएको हो । मन्दिरको मूलढोकाको ताला फोडेर मूर्ति र दानपात्र चोरी भएको प्रहरीले जनाएको छ ।

चोरी भएका सुचना पाएगत्तै घटनास्थल पुगेको प्रहरीले मूर्ति र दानपत्र फेला पारेको छ । मन्दिर चोरी गर्ने चोर भने फरार भएकाले घटनाका थप अनुसन्धान चलिरहेको प्रहरीले जनाएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्