नेकपाको स्थायी कमिटी बैठक १ बजे बस्ने – Janadesh Daily | ePaper

नेकपाको स्थायी कमिटी बैठक १ बजे बस्ने


जनादेश, कामठाडौं ।

आज बिहान ११ बजेका लागि तोकिएको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटीको बैठक अपराह्न १ बजेका लागि सरेको छ ।

आन्तरिक विवादमा सहमति खोज्न शीर्ष नेताबीच छलफल भइरहेकाले यसअघि पनि बैठक पटक पटक सर्दै आएको छ ।

नेकपा प्रचार तथा प्रकाशन विभागका उपप्रमुख सूर्य थापाका अनुसार बैठक दिउँसो १ बजेका लागि सरेको हो ।

पार्टी र सरकारको समन्वय, शक्तिको बाँडफाँट, सीमा सुरक्षा, नागरिकता विधेयक, एकताका बाँकी काम, अमेरिकी सहायता मिलेनियम च्यालेञ्ज कर्पाेरेशन (एमसिसी) सम्झौता अनुमोदन आदिबारे स्थायी कमिटीमा कार्यसूची राखिएको छ ।

नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेता माधवकुमार नेपाल र अन्य नेताबीच विभिन्न चरणमा छलफल चल्दै आएको छ ।

थायी कमिटीको बैठक गत असार १० गतेदेखि शुरु भएको थियो ।

 

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्