फलेन जुम्ली स्याउ – Janadesh Daily | ePaper

फलेन जुम्ली स्याउ


–विजय रावत खलङ्गा, रासस ः

जुम्लामा यो वर्ष स्याउ नफलेपछि यहाँका किसान चिन्तित भएका छन् । स्याउको फूलमा तुषारोले खाएपछि यस वर्ष फल नलागेर उत्पादनमा कमी आउने चिन्ताले किसानलाई सताएको छ ।

जुम्ली स्याउले भित्र्यायो ३४ करोड ...

धेरैजसो स्याउका बोटमा यस वर्ष छिटफुट मात्रै फल लागेको तिला गाउँपालिका–१ स्याउ किसान महेन्द्र बढाले बताउनुभयो । ‘‘के कारणले फल नलागेको हो, थाहा भएन तर यस वर्ष पहिलेका वर्षहरुमा जस्तो उत्पादन नहुने भएको छ’’, उहाँले भन्नुभयो ।

तातोपानी गाउँपालिका–४ का किसान प्रेमराज पाण्डेका अनुसार यो वर्ष स्याउका बोटमा खासै फल देखिँदैन । आफ्नो बगैँचा भएको रडिखेल्ला क्षेत्रका सबै स्याउका रुखमा फल छैनन् । उहाँले भन्नुुभयो, “स्याउ फूूल्ने बेलामा कालो तुषारो लागेपछि फल लाग्न पाएन ।” बर्सेनि तीन टनभन्दा बढी फल्ने गरेको यो वर्ष निकै घाटा लाग्ने पाण्डेले बताउनुभयो ।

Apple rotten at farm for not finding market - myRepublica - The ...

स्याउ बिक्री गरेर गुजारा चलाउनुपर्ने किसान यस वर्ष उत्पादनमा कमी आउने भएपछि अहिलेदेखि नै चिन्तित बनेका छन् । सिंजा गाउँपालिका–४ निवासी किसान मुनबहादुर रावलको बगैँचा जिल्लाकै उत्कृष्ट बगैँचामध्ये एक मानिन्थ्यो ।

उहाँको बगैँचामा अहिले एक हजार २५० स्याउ बिरुवा र २५० ओखर गरी एक हजार ५०० बिरुवा छन् तर उहाँका बगैँचामा खासै स्याउका रुखमा फल लागेको छैन । स्याउ उत्पादन घट्दै कृषि विकास कार्यालय जुम्लाका अनुसार आर्थिक वर्ष २०७६/७७ मा जिल्लामा १२ हजार मेट्रिक टन स्याउ उत्पादन भएको थियो ।

आर्थिक वर्ष २०७५/७६ मा छ हजार ५०० मेट्रिक टन स्याउ उत्पादन भएको र आर्थिक वर्ष २०७४÷७५ मा पाँच हजार ५०० टन स्याउ उत्पादन भएको कार्यालय प्रमुख बालकराम देवकोटाले बताउनुभयो । कार्यालयका अनुसार उत्पादन भएको स्याउमध्ये छ हजार ५०० मेट्रिक टन निर्यात भएको छ ।

 

प्रधानमन्त्री कृषि आधुनिकीकरण स्याउ सुपरजोन कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत नवराज भण्डारीका अनुसार ४० प्रतिशत स्याउ घट्ने अनुुमान गरिएको छ । उहाँका अनुसार कालो तुषारो र असिनाले असिनाले स्याउमा फल नटिकेपछि किसानलाई घाटा हुने भएको र बीमाका लागि पहल भइरहेको छ । चाँडै फूल फुलेको स्याउमा तुषारोले क्षति पु¥याएको बताउनुभयो ।

जुम्लामा स्याउबाट १७ करोड भित्रियो ...

अनुसन्धान भएन किसानलाई यति ठूलो क्षति हुँदा पनि सरोकारवाला निकाय मौन भएको देख्दा किसान आफँै चिन्तित भएका छन् । स्याउ किसान रामसिंह रावलका अनुसार अहिले जिल्लाभरि स्याउमा फल नभएको सबैलाई थाहा छ तर सरोकारवाला निकाय टुलुटुलु हेरिरहेका छन् । किसान रामकृष्ण बुढ्थापाले कालो तुषारोले पु¥याउने असरको किसानलाई राहत दिने व्यवस्था गर्न सरकारसँग माग गर्नुभयो ।

किसानलाई वैज्ञानिक, अनुसन्धानको विषय थाहा हुँदैन तर सरकारी निकायले अनुसन्धान गर्न सक्नुपथ्र्याे उहाँले भन्नुुभयो ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्