पिसिआर मेशिन जडान शुरु – Janadesh Daily | ePaper

पिसिआर मेशिन जडान शुरु


जनादेश, झापा ।
Coronavirus testing is ramping up. Here are the new tests and how ...

झापामा समुदायबाट सङ्कलित रकमबाट कोभिड–१९ को स्वाब परीक्षण गर्ने पिसिआर मेशिन खरीद गरिएको छ । प्रयोगशालाका उपकरण आज आइपुगेपछि जडान शुरु गरिएको छ ।

कोभिड–१९ को महामारीका अवस्थामा झापाका युवा समाजसेवीले शुरु गरेको ‘एकका लागि एक अभियान’बाट चन्दा सङ्कलन गरेर यन्त्र खरीद गरिएको हो । अभियानका सहसंयोजक विनोद बस्नेतले कनकाई नगरपालिका–४ कोटीहोमस्थित समर्पण भवनमा प्रयोगशालाका सबै उपकरण आज आइपुगेको जानकारी दिनुभयो ।

मुलुकमै समुदायबाट चन्दा सङ्कलन गरेर स्थापना गर्न लागिएको यो पहिलो पिसिआर ल्याब हो । यसका लागि रु एक करोड २० लाख जति चन्दा सङ्कलन भइसकेको अभियानले जनाएको छ । यसमा अन्तरराष्ट्रिय झापाली समाज एक्लैले रु २५ लाख योगदान गरेको छ । “सम्पूर्ण उपकरण आइपुगेको छ”, एकका लागि एक अभियानका संयोजक महेन्द्र गिरीले भन्नुभयो, “आशा छ, अबको पाँच दिनभित्रै उपकरण जडान सकिएर नमूना परीक्षणको काम शुरु हुनेछ ।” अभियानले पिसिआर ल्याबको उपकरण किन्ने, प्रयोगशाला राख्ने स्थानको व्यवस्था गर्ने र जडान सम्पन्न गर्ने संयोजक गिरीले बताउनुभयो ।

प्रयोगशालाको सञ्चालनका लागि अभियानले प्रदेश नं १ सरकारलाई हस्तान्तरण गर्ने उहाँको भनाइ छ । प्रदेश नं १ मै झापामा कोडिभ–१९ का सङ्क्रमित ज्यादा भए तापनि सङ्क्रमित हो कि होइन भनेर स्वाब परीक्षण गराउन विराटनगर र धरान पुग्नुपर्ने बाध्यता हटाउन झापामै जनस्तरबाट प्रयोगशाला स्थापनाको पहल सार्थक मोडमा आइपुगेको हो ।

अभियानका सदस्य सजेश शिवाकोटीले कोटेशन प्रक्रियाबाट काठमाडौँको जयश्री श्याम कम्पनीबाट पिसिआर ल्याबका उपकरण आयात खरीद गरिएको बताउनुभयो । उपकरणमा रु ८५ लाख खर्च भएको र ल्याबरुमका लागि आवश्यक अन्य उपकरणमा अरु रकम लाग्ने जनाइएको छ । पिसिआर ल्याबको मुख्य यन्त्र अमेरिका र अन्य उपकरण भारतमा बनेको उहाँले बताउनुभयो ।

उपकरण जडानका लागि काठमाडौँबाटै इञ्जिनीयर आएका छन् । कोरोना महामारीसँग लड्न निजी क्षेत्रले पिसिआर ल्याब स्थापना नै गरेकामा झापा जिल्लावासी हर्षित भएका छन् ।

सुरुङ्गा जेसिजका संस्थापक अध्यक्ष लीला चिमरियाले जनस्तरबाट जुटेको सहयोगबाट बनेको ल्याबबाट झापा मात्र नभएर इलाम, पाँचथर र ताप्लेजुङका बासिन्दासमेत लाभान्वित हुने बताउनुभयो । रासस

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्