दाङमा आज थप ३ जनामा कोरोनासंक्रमण पुष्टि – Janadesh Daily | ePaper

दाङमा आज थप ३ जनामा कोरोनासंक्रमण पुष्टि


चन्द्रप्रकाश नेपाली ।

घोराही । दाङका थप ३ जनामा आज कोरोना संक्रमण पुष्टि भएको छ । बाँकेको नेपालगञ्ज स्थित भेरी अस्पतालमा गरिएको स्वाब परिक्षणमा राप्ति गाँउपालिकाका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
अस्पतालका अनुसार राप्ति गाँउपालिका वडा नम्बर २ का २६ र ४८ बर्षिय २ पुरुषसँगै वडा नम्वर ८ का ४० वर्षिय एक पुरुष गरी ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो चन्द्रप्रकाश नेपाली
यो सँगै दाङमा कोरोना संक्रमितको संख्या ६ सय ४९ पुगेको छ । यसैगरी, स्वाब परिक्षणमा बाँकेका ३ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ । खजुरा गाउँपालिका वडा नम्बर २ का ३४, ३१ र ३८ वर्षका ३ जना पुरुषमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।
बितेको २४ घण्टामा भेरी अस्पतालमा ५ सय जनाको पिसिआर जाँच गरिएकोमा ६ जनामा मात्रै कोरोना संक्रमण पुष्टि भएको हो ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्