जोनी डीपविरुद्ध अदालतमा एम्बरले दिइन् बयान – Janadesh Daily | ePaper

जोनी डीपविरुद्ध अदालतमा एम्बरले दिइन् बयान


काठमाडौँ । हलिउड अभिनेता जोनी डीपकी पूर्व पत्नी एम्बर हर्डले आफूलाई जोनीले लागूऔषध र रक्सी पिएका बेला शारीरिक र मौखिक रुपले दुर्व्यवहार गरेको आरोप लगाउँदै आएकी छिन् । यद्यपि ‘पाइरेट्स अफ क्यारेबियन’ अभिनेता डीपले उनको आरोप झुटो रहेको कुरा अदालतमा राख्दै आएका छन् ।

मंगलबार हर्डले अदालतमा आफूलाई पूर्व पति डीपले मार्ने धम्की दिएको बयान दिएकी छिन् । उनले अदालतमा पेस गरेको बयानमा डीपले आफूलाई सम्बन्धमा रहँदै मार्ने धम्की समेत दिएको कुरा उल्लेख गरेकी हुन् ।

‘द सन’ पत्रिकालाई डीपले मुद्दा लगाएपछि अदालतले एम्बरको बयान लिएको हो । सन् २०१८ मा ‘वाइफ बिटर'(पत्नी पिट्ने) समाचार लेखेको भन्दै डीपले उक्त पत्रिकाविरुद्ध अदालतमा मुद्दा लड्दै छन् । डीपको अभियोग मुद्दामा सोधपुछ गर्ने क्रममा डीपले आफूमाथि फोनको झटारो हानेको कुरा पनि एम्बरले अदालतलाई बताएकी छन् ।

अदालतले डीप र हर्डको बयान लिएको छ । फिल्म ‘द रम डायरी’को सुटिङका क्रममा सन् २००९ मा उनीहरु नजिक भएका थिए । सन् २०१५ मा उनीहरुले बिहे गरे । बिहे गरेको १५ महिनापछि एम्बरले अदालतमा डिभोर्सको फाइल केस गरेकी थिइन् । सन् २०१७ मा डिभोर्स फाइनल भएको थियो ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्