बीपीप्रति हार्दिक श्रद्धान्जली । – Janadesh Daily | ePaper

बीपीप्रति हार्दिक श्रद्धान्जली ।


मार्क्सको सिद्धान्तलाई नबुझे/ नमाने पनि “कम्युनिस्ट पार्टी” को समर्थक भए पुग्ने चलन मौलाएको हुँदा समस्या परेको त होइन ? यो व्याख्या गर्ने कसले होला ?

भागवत खनाल, पूर्व सहसचिव नेपाल सरकार

राजबन्दी बीपीप्रति श्री ३ महाराज मोहन शमशेरको उपहास – तिमीले भनेका होउला राज गरौंला । तिमीजस्ता भारेभुरे ठेट्नाले कराउने बित्तिकै कसैले राज्य दिदैन । राज्य गर्नको निम्ति (आफ्नै निधार देखाउँदै ) पुर्पुरोमा लेख्नुपर्छ ।
नोट :- सत्ता र शक्तिको उन्मादको बलियो उदाहरण ।
गृहमन्त्री बीपीसमक्ष प्रधानमन्त्री मोहन शम्शेरको स्वीकारोक्ति – तपाईंले मलाई बुझ्नुपर्यो । म त एरिस्ट्रोक्रेटिक परिवारको , मेरो बुवा चन्द्र शमशेर नेपालको सबैभन्दा शक्तिशाली प्रधानमन्त्री । उहाँको हजुरिया भएर बसेको म । चन्द्र शमशेर प्र म हुँदा र त्यसपछि पनि म दोस्रो मानिस , त्यसो हुँदा म जनता , यो , त्यो , ऊ , पटक्कै बुझ्दिन । तर मलाई राजकाजसम्बन्धी अनुभव छ । यहाँ तपाईंकहाँ कसरी गलत रिपोर्ट जान्छन मलाई थाहा छ । हामीले बेहोरिसकेका छौं ती कुराहरु ।
नोट :- समय बलवान । समयले सबैलाई औकात देखाइदिन्छ ।
एउटा अनुभवी शासकको सरकारसमक्ष प्राप्त हुने बनावटी रिपोर्टबारेको टिप्पणी ।
मार्क्सवाद र बीपी – “मार्क्सवादको सम्बन्धमा मलाई ट्राटस्कीको अन्तर्राष्ट्रियतावादले प्रभावित पारेको थियो । मेरो आन्तरिक भावना त्यसको प्रभावमा थियो । मेरो मनमा मार्क्सवादको प्रभाव परिरह्यो तर कम्युनिस्ट पार्टीले मलाई प्रभावित गर्न छाड्यो ।”
नोट- कार्ल मार्क्सको नामको जगमा उभिएका हालका कम्युनिस्ट पार्टीहरुको व्यवहार मार्क्सवाद अनुकूल छ कि छैन भन्ने कुरा विज्ञहरुले बुझेका होलान् ।
मार्क्सको सिद्धान्तलाई नबुझे/ नमाने पनि “कम्युनिस्ट पार्टी” को समर्थक भए पुग्ने चलन मौलाएको हुँदा समस्या परेको त होइन ?
यो व्याख्या गर्ने कसले होला ?
"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्