देशभर थप २१३ जनामा कोरोेना संक्रमण, २९६ डिस्चार्ज – Janadesh Daily | ePaper

देशभर थप २१३ जनामा कोरोेना संक्रमण, २९६ डिस्चार्ज


जनादेश, काठमाडौँ ।

आज देशभर थप २१३ जनामा कोरोेना संक्रमण पुष्टि भएको छ । यससँगै संक्रमितको संख्या दुई लाख ७० हजार ५८८ पुगेको स्वासथ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै, आज थप २९६ जना डिस्चार्ज भएका छन् । योसँगै कोरोना मुक्त हुनेको संख्या दुई लाख ६५ हजार ३६५ पुगेको छ । कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा भने कसैको पनि मृत्यु भएको छैन ।

हालसम्म नेपालमा मृतकको संख्या दुई हजार २० रहेको मन्त्रालयले जनाएको छ । हाल देशभर तीन हजार २०३ जना सक्रिय संक्रमित रहेका छन्।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्