महासङ्घले दियो पूर्वअध्यक्षलाई विभिन्न जिम्मेवारी – Janadesh Daily | ePaper

महासङ्घले दियो पूर्वअध्यक्षलाई विभिन्न जिम्मेवारी


काठमाडौँ, १५ माघ ।
नेपाल उद्योग वाणिज्य महासङ्घले पूर्वअध्यक्षलाई समेत विभिन्न कामको जिम्मेवारी दिएको छ ।

महासङ्घका अध्यक्ष शेखर गोल्छाले आज एक समारोहकाबीच पूर्वअध्यक्षलाई जिम्मेवारी दिनुभएको हो । जिम्मेवारीसहितको पत्र हस्तान्तरण गर्दै अध्यक्ष गोल्छाले वर्तमान कार्यकारिणी समितिलाई पूर्वअध्यक्षबाट महत्वपूर्ण सल्लाह, सुझाव र सहयोग प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो ।

महासङ्घका अनुसार पूर्वअध्यक्ष भवानी राणालाई सदस्यता समिति र नेपाल–भारत संयुक्त व्यापार संयन्त्रको जिम्मेवारी दिइएको छ । यस्तै महेशलाल प्रधानलाई सल्लाहकार समिति, पद्यम ज्योतिलाई व्यावसायिक आचारसंहिता फोरम, प्रदीपकुमार श्रेष्ठलाई एशिया प्रशान्त क्षेत्रको चेम्बर अफ कमर्सको समन्वय गर्ने जिम्मेवारी प्रदान गरिएको छ ।

यसैगरी पूर्वअध्यक्ष रविभक्त श्रेष्ठलाई अनुशासन समिति, विनोदबहादुर श्रेष्ठलाई नेपाल चीन निजी क्षेत्र सहयोग फोरम, कुशकुमार जोशीलाई विधान संशोधन समिति र सुरज वैद्यलाई अन्तरराष्ट्रिय सम्बन्ध फोरमको जिम्मेवारी दिइएको छ । महासङ्घका पूर्वअध्यक्ष पशुपति मुरारका विशिष्ट सदस्यको भूमिकामा हुनुहुन्छ भने अर्का पूर्वअध्यक्ष चण्डीराज ढकाललाई भने कुनै पनि जिम्मेवारी दिइएको छैन ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्