शहीद गङ्गालालको अर्धकदको शालिक अनावरण – Janadesh Daily | ePaper

शहीद गङ्गालालको अर्धकदको शालिक अनावरण


काठमाडौँ, १७ माघ । शहीद दिवसका अवसरमा काठमाडौँ महानगरपालिका–१९ प्याफल चोकमा निर्माण भएको शहीद गङ्गालाल श्रेष्ठको अर्धकदको शालिक अनावरण गरिएको छ । वडा नं १९ को करिब रु छ लाखको लागतमा शालिक निर्माण गरिएको वडा सदस्य चन्द्रमान डङ्गोलले राससलाई जानकारी दिनुभयो ।

प्याफल चोक शहीद गङ्गालालको पुख्र्यौली थलो हो । बाबु आमाको जागीरको सिलसिलामा रामेछापमा गङ्गालालको जन्म भएपनि उहाँको स्थायी ठेगाना प्याफल चोक नै भएको वडा कार्यालयले जनाएको छ ।

प्याफल चोकमा गङ्गालालको शालिक अनावरणपछिको सभामा वडाध्यक्ष शशीलाल श्रेष्ठले सो चोकलार्ई गङ्गालालको नामबाट गङ्गालाल चोक घोषणा गर्नुभयो । शालिक राख्न नभई राम्रो काम गरेर गङ्गालाल शहीद भएकाले त्यही बाटो अनुशरण गर्न उहाँले आह्वान गर्नुभयो । गङ्गालाल क्लबका अध्यक्ष अशोकमान वज्राचार्यले देशका लागि जीवन समर्पण गर्ने महान शहीदको राज्यले उचित सम्मान दिनुपर्नेमा जोड दिनुभयो ।

यसअघि विसं २०४६ मा प्रजातन्त्र पुनस्र्थापनाका लागि भएको जनआन्दोलनमा शहादत प्राप्त गर्ने निर्गुण स्थापितको शालिकमा पनि माल्यार्पण गरिएको थियो । यट्खा चोकमा रहेको स्थापितको शालिकमा वडाध्यक्ष श्रेष्ठलगायत वडाबासीले माल्यार्पण गर्नुभएको थियो । रासस

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्